• ३० असार २०८२, सोमबार

जेभियर बास्केटबलमा ६४ टोली

blog

काठमाडौँ, असार ३० गते । काठमाडौँ जेभियर पब्लिक स्कुलको आयोजनामा दोस्रो काठमाडौँ जेभियर पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ६४ टिमको सहभागिता रहने संस्थापक प्रिन्सिपल आरबी अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । 

प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर छात्रामा १६ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा छन् ।

दुवै समूहको विजेताले सात हजार र उपविजेताले पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् । फाइनल खेल बिहीबार हुनेछ ।