केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक
नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा सार्वजनिक गर्दै वातावतरण सहज बनाएर मात्र केबुलकार निमाण गर्नुपर्ने उल्लेख गरेको हो।
कनकाईमा गोठ जलेर नष्ट
झापाको कन्काई नगरपालिका –२ सुकेडाँगीमा बिहान आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट आगलागी भएको हो ।
सोनाम ल्होसारमा शुभकामना आदानप्रदान
तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरिएको छ।
बुढासुब्बा गोल्डकपको तयारी पूरा
२५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
दुई आर्थिक वर्षमा दुई किमी कालोपत्र
वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिव दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता भएको हो ।
एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पु-याउँछ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै धर्म, संस्कृति समुदायबिचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
ओखलढुङ्गा सुमो दुर्घटना : तीन जनाको मृत्यु
खोटाङबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
एभोकाडो व्यापार
भोजपुर, माघ १७ गते । भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङमा रहेको नुयुङ कृषि तथा पशुपालन फर्ममा उत्पादन भएको एभोकाडो बजारमा पठाउन ुप्याकेजिङु गर्दै किसान । यहाँ उत्पादनको भएको एभोकाडो भोजपुर सदरमुकामसँगै धरान, विराटनगर, काठमाडाँलगायतमा सहरमा जाने गरेको छ । तस्बिरः रासस
उखु पेल्दै
हलेसी, माघ १७ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित पिप्लेबेँसीमा सखर उत्पादनका लागि गोरु नारेर उखु पेल्दै स्थानीय किसान । पिप्लेबेँसीमा उत्पादित सखर औषधीको लागि समेत प्रयोग गर्ने भन्दै नागरिकले खरिद गरेर लाने गरेको किसान बताउँछन् । । तस्बिरः रासस
पाथीभराको समस्या वार्ताद्वारा समाधान गरिने
नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा भएको द्वन्द्वलाई वार्ता र समझदारीबाट समाधान गर्न सकिने बताउनुभएको छ ।
फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
मलको अभाव
तराई क्षेत्रका किसान यतिबेला मकै खेतीमा हाल्ने युरिया, डिएपी र पोटास मलको पर्खाइमा छन् । पर्याप्त मात्रामा किसानले मल नपाउँदा मकैबोटमा मल हालेर गोड्नसमेत पाएका छैनन् ।
तीन साहित्यिक पुरस्कार स्थापना
साहित्य क्षेत्रमा योगदान गर्नेहरूलाई प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ ।
माओवादीको पालिका कमिटी चयन
ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले तीनवटा स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित तीन स्थानीय तहमा नयाँ कमिटी चयन गर्दै माओवादीले पालिकास्तरीय अधिवेशन सम्पन्न गरेको हो ।
एचपिभी खोप सञ्चालनका लागि केन्द्र निर्धारण
ताप्लेजुङमा महिलाको पाठेघरको क्यान्सरविरुद्ध दिइने खोप अभियान सञ्चालनका लागि केन्द्र निर्धारण गरिएको छ । जिल्लामा दुई चरणमा सञ्चालन हुने खोप अभियानका लागि खोप केन्द्र निर्धारण गरिएको हो ।
शैक्षिक महोत्सवमा रैथाने सीप प्रदर्शन
मानेभन्ज्याङ गाउँपालिकाको आयोजनामा माघ १६ देखि १९ गतेसम्म भगवती माध्यमिक विद्यालयमा हुने शैक्षिक महोत्सवका लागि सामग्री उत्पादनमा विद्यार्थीहरुको दोडधुप देखिन्थ्यो ।
सखर बनाउन व्यस्त खोटाङका किसान
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा पिप्ले बेँसीका किसानलाई अहिले उखु पेल्न भ्याइनभ्याइ छ ।
एचपिभी खोपको सम्पूर्ण तयारी पूरा
कोशी प्रदेशमा यही माघ २२ गते शुभारम्भ हुने एचपिभी खोपको सम्पूर्ण तयारी पूरा भएको छ । दुई चरणमा लगाइने यो खोप आगामी फागुन ४ गते सम्पन्न हुनेछ ।
झापामा ५५ हजारलाई क्यान्सरविरुद्धको खोप लगाइने
झापामा एकसाथ ५४ हजार ९९९ जना किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
दूधकुण्ड पोखरीतर्फ जाँदै पर्यटक
सोलुखुम्बु, माघ १६ गते । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाईमा अवस्थित सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल दूधकुण्ड पोखरीतर्फ जाँदै आन्तरिक पर्यटक । तस्बिरः रासस
फुलकोपीले मूल्य नपाउँदा किसान मारमा
भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो पटक १० रुपियाँमा समेत मुस्किलले बिकेपछि किसानहरूले लागत समेत उठाउन नपाएको गुनासो गरेका छन् ।
खानेपानीमा पिरोलिँदै इलाम नगरपालिका
इलाम सदरमुुकामलाई खानेपानी पुु-याउनुुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ ।
डम्फु र टुङ्नाको संरक्षणमा समुदाय
इलामको फाकफोकथुमका दीपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन भ्याइनभ्याइ छ । आफ्नो समुदायको संस्कार र संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन उहाँहरू लाग्नुभएको निकै भइसक्यो ।
विदेशी महले नेपाली किसान मारमा
थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि किसानले मौरीपालन व्यवसाय रोज्न थालेका छन् ।