• १८ माघ २०८१, शुक्रबार

एकता र सद्भाव बढाउन चाडपर्वले सहयोग पु-याउँछ : मुख्यमन्त्री कार्की

blog

विराटनगर,  माघ १७ गते ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  सबै धर्म, संस्कृति समुदायबिचको आपसी सहयोग, सहकार्य, एकता र सद्भावले मात्र समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।

मुख्यमन्त्री कार्कीले तामाङ समुदायको महान चाड सोनाम ल्होसार तथा मञ्जुश्री संवत् २८६१  को अवसरमा आज शुभकामना दिँदै नेपाली बिचको एकता र सद्भाव बढाउन हाम्रा चाडपर्वले सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

बहुभाषी, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक नेपालमा मनाइने चाडपर्वले सामाजिक विविधता झल्काउने उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाफत मुलुकका सबै जातजाति, धर्म र संस्कृतिको सम्मान, संरक्षण तथा सम्वर्द्धन गर्न सम्भव भएको हो भन्नुभयो । 

 कोशी प्रदेश सरकारले सबै समुदायको पहिचानलाई स्थापित गरी सुखी र समुत्रत प्रदेशका पक्षमा काम गरिहेको बताउँदै देशको समृद्धि, स्थायित्व र सामाजिक न्यायको यात्रामा तामाङ समुदायको अतुलनीय योगदान रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले सोनाम ल्होसारले सबै नेपालीको जीवनमा सुख, शान्ति, समृद्धिसहित आपसी सद्भाव र भ्रातृत्वको भावना बढाओस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । रासस