बलरा (सर्लाही), असार ५ गते । नेपाल भारत विकास मञ्चद्वारा सर्लाहीको बलरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण गरिएको छ ।
बलरा–१, हथिऔलामा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणका साथै लामखुट्टेको रोकथामका लागि झुल वितरण गरिएको हो।
निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चको केन्द्रीय अध्यक्ष रामकिशोर सिंहले गर्नुभएको थियो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले झूल वितरण गर्नु भएको थियो ।
बलरा नगरपालिका गरिब र दलित बस्ती भएको हुनाले यहाँका मानिसको स्वास्थ्यको ख्याल गर्दै निः शुल्क स्वास्थ्य शिविरमा औषधि तथा लामखुट्टेबाट बच्न झुलको ब्यवस्था गरिएको अध्यक्ष सिंहले बताउनु भयो ।
अध्यक्ष सिंहका अनुसार, दुई हजारभन्दा स्थानीयबासीको स्वास्थ्यको स्वास्थ्य परीक्षण गरिएको थियो । कार्यक्रममा एक हजार दुई सयवटा झुल वितरण गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठा, नेपाली काँग्रेसका उपसभापति डा. सरोज यादवलगायतको सहभागिता थियो ।