राधा लुइटेल
फिदिम, असार ५ गते। पाँचथरमा श्रीमतीमाथि चक्कु प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।फिदिम नगरपालिका–२, पल्लोटार बसोवास गर्ने २८ वर्षीय सूर्य सेरेङलाई श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घरेलु विवादका क्रममा सेरेङले आफ्नी २८ वर्षीया श्रीमती बिपना क्षेत्री कटुवालमाथि चक्कु प्रहार गरेका थिए। घटनापछि प्रहरी टोली घटनास्थल पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले जानकारी दिनुभएको छ।
घाइते क्षेत्रीको अवस्था सामान्य रहेको र अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।