वार्ता गरी पाथीभरामा केबलकार निर्माण अघि बढाइने
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गर्नुभएको छ ।
बालिका करणी आरोपमा वृद्धसहित दुई पक्राउ
ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्धसहित दुईजना पक्राउ परेका छन् ।
पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
झापाको शिवसताक्षी नगरपालिका ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
सन्थाल जातीले ‘सोहराय’ पर्व मनाउँदै
झापा सहित पूर्वी नेपालमा बसोबास रहेको आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व मनाएका छन् ।
गोरखापत्रकर्मी पोख्रेल सम्मानित
जनता माद्यमिक विद्यालयको ६८ औँ वार्षिकोत्सवको अवसरमा इटहरीमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार पोखरेललाई सम्मान गर्नुभएको हो । उहाँ गोरखापत्र संस्थानसञ्चालक समिति सदस्यसमेत हुनुहुन्छ ।
लागुऔषध सहित मेडिकल सञ्चालक पक्राउ
मेडिकल सञ्चालक धरान–३ गौधाराका ४१ वर्षीय सुरज वनेम र ४२ वर्षीया टिम्पल श्रेष्ठलाई सोमबार राति मेडिकल पसलमा लागुऔषध बिक्री गरेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली पक्राउ गरेको हो।
यातायात कार्यालय हर्कपुर सार्न लागिएको भन्दै विरोध
ओखलढुङ्गाको रुम्जाटारबाट यातायात व्यवस्था कार्यालय हर्कपुरमा सार्न लागिएको भन्दै सदरमुकाममा विरोध प्रदर्शन भएको छ । सिद्धिचरण नगरपालिका–४ बाट कार्यालय मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुर सार्न लागेको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् ।
भुक्तानी नपाउदा दूध सङ्कलन प्रभावित
झापामा दुग्ध सङ्कलक सहकारी संस्थाहरूले दूधको भुक्तानी नपाएका कारण समस्या भएको बताएका छन् । जिल्लाको कमल गाउँपालिका र गौरादह नगरपालिकाका किसानको दुधको करिब तीन करोड भुक्तानी हुन नसकेको बताइएको छ ।
सुनसरीमा मिलाप कार्यक्रममार्फत घरेलु हिंसा कम गर्ने प्रयास
सुनसरीमा बढ्दो घरेलु हिंसा न्यूनीकरणका लागि मिलाप कार्यक्रम ल्याएको महिला पुनःस्थापना केन्द्र ओरेकले जनाएको छ । मिलाप कार्यक्रम मार्फत घरेलु हिंसा कम गर्ने प्रयास थालेको आरेकका शोभा बजगाईले जनाकारी दिनुभयो ।
दस हजार किरिया खर्च दिने फिदिम नगरपालिकाको निर्णय
फिदिम नगरपालिकाले नगरका सबै नागरिकलाई किरिया खर्च बापत दस हजार रुपियाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको माघ १० गतेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्वर्ण सगरमाथा सडक उच्च प्राथमिकतामा राखेर बजेटको व्यवस्था गर्छु : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सोलुखुम्बुको विकासका लागि ओखलढुङ्गाबाट सोलुहुँदै खोटाङ जोड्ने स्वर्ण सगरमाथा सडक सम्पन्न गर्नका लागि उच्च प्राथमिकतामा राखेर क्रमागत रुपमा बजेटको व्यवस्था गर्ने बताउनुभयो ।
ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन
ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
शीतलहरबाट जनजीवन प्रभावित
पूर्वी तराईका विभिन्न जिल्लामा हुस्सु र शीतलहरसँगै चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिकालाई समस्या भएको कोशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले जानकारी दिनुभयो ।
कृषकलाई २५ प्रतिशत छुटमा चैते धानको बीउ
जिल्लाको कचनकवल गाउँपालिकाका कृषकलाई २५ प्रतिशत छुटमा सोमबार चैते धानको उन्नत बीउ वितरण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा ६० जना कृषकलाई २५ प्रतिशत छुटमा ‘हल्दिनाथ–१’ जातको उन्नत धानको बीउ वितरण गरिएको हो ।
वनभोज जङ्गलमा, हात्ती गाउँमा
झापाको बिर्तामोड नगरपालिका वडा नं. ८, गरामनीका पारसप्रकाश पौडेल रातभरि जागै बसेर केराको बगैँचा रुँघ्नुहुन्छ ।
प्रेस चौतारी तेह्रथुमको अध्यक्षमा नेपाली
प्रेस चौतारी नेपाल तेह्रथुमको जिल्ला अध्यक्षमा उमेश नेपालीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय राजनीतिमा सक्रिय रहेको पूर्वराष्ट्रपति भण्डारीको भनाइ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।
राष्ट्रको विकासमा सबैको भूमिका महत्त्वपूर्ण : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको समग्र विकासमा सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफ्नो स्थानबाट योगदान गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
खाँदबारी–किमाथाङ्का सडक ‘ब्रेक थ्रु’
जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्ग अन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।
आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौं : अध्यक्ष प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ ।
उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध
जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको छ ।
पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ ।
‘माउन्ट फुजी स्प्रिङ’ कम्पनीले पानी उत्पादनमा लगानी गर्ने
विश्वकै महँगो पानी उत्पादक कम्पनी जापानको ‘माउन्ट फुजी स्प्रिङ इन्कर्पोरेट’ कम्पनीले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा लगानी गर्ने भएको छ ।
शुभकामना आदानप्रदान
सुनसरी, माघ १४ गते । सुनसरीस्थित नेपाल–भारत[दशगजा] क्षेत्रमा भारतको ७६ औँ गणतन्त्र दिवसरको अवसरमा आइतबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग शुभकामना आदानप्रदान गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका पदाधिकारी । तस्बिरः रासस