फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछा बिक्रीमा रोक लगाएको छ । माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको जनगुनासो बढेपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिकी संयोजक नरमाया कार्कीले जानकारी दिनुभयो ।
आयोजनाको संरचना तोडफोड गरेको आरोपमा युवक पक्राउ
ताप्लेजुङमा निर्माणाधीन जलविद्युत आयोजनाको संरचना तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
चन्दा उठाएर बक्सिङमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै चिरण
किक बक्सिङका खेलाडी चिरण राईले चन्दा सङ्कलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी गर्नुभएको छ । सुनकोशी गाउँपालिका–४ ओखलढुङ्गाका २४ वर्षीय राईले सन् २०२५ फेब्रुअरी १ देखि ५ तारिखसम्म भारतमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन आर्थिक सङ्कलन थाल्नुभएको हो ।
फेरि देखियो ‘लम्पी स्किन’
ओखलढुङ्गाको लिखु गाउँपालिकाका चौपायमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोप देखिएको छ ।
कांग्रेस नेता बस्नेतको निधन
नेपाली कांग्रेस सुनसरीका पूर्व पार्टी सभापति एवं तात्कालीन जिल्ला विकास समिति सुनसरीका पूर्व सभापति रामबहादुर बस्नेतको निधन भएको छ ।
फोनिज कोशी प्रदेश अध्यक्षमा लावती निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) कोशी प्रदेश समिति अध्यक्षमा विजयबोध लावती निर्वाचित हुनुभएको छ। तेस्रो प्रादेशिक महाधिवेशनमार्फत लावती निर्विरोध निर्वाचित हुनुभएको हो ।
सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गुल्म हेडक्वाटर म्याङलुङ तेह्रथुमले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा तेह्रथुममा रक्तदान कार्यक्रम गरेको छ।
‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड’ मा राउत सहभागी हुने
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव राउतले ‘मोडल टुरिजम एम्बेष्टर वर्ल्ड–२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।
मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया
यहाँको खाँदबारीमा सञ्चालित तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा ६३ जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ ।
पशुमा लम्पी स्किनको प्रकोप
ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ ।
झापामा धान उत्पादन घट्दै
अन्नको भण्डार मानिने झापामा बर्सेनि खेतीयोग्य जमिन मिचिँदै जाँदा धान उत्पादन घट्न थालेको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार ४ वर्ष अघि ८७ हजार ५ सय हेक्टरमा धान खेती भएकोमा यो वर्ष आई पुग्दा ७२ हजार हेक्टरमा मात्र धान खेती भएको छ ।
शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम
पथरी शनिश्चरे वडा नं ८ का सुप्रिम विक र पर्वत चौधारी सहित विद्यार्थीको दैनिकी फेरिएको छ । उनीहरूले विद्यालयमा सिकेको सीपले गाउँघरमा समेत सहयोग पाएको छ ।
दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस) सम्ममा रु दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
पुरानो नियमावलीबाटै प्रदेश सभा सञ्चालन : नयाँ नियमावली सदनमा पेस गर्न माग
प्रदेश सभाको निर्वाचन भएको दुई वर्षसम्म पुरानै नियमावलीबाट सभा सञ्चालन गरिरहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभा नियमावली तत्काल संसद्मा पेस गर्न माग गरेको छ ।
सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ ।
पदमार्गमार्फत् ध्वजेडाँडा-खुवालुङ जोड्दै साँगुरीगढी
धनकुटाको साँगुरीगढी गाउँपालिकाले ध्वजेडाँडा र खुवालुङ जोडेर पर्यटक प्रवर्द्धन गर्न पदमार्ग निर्माण सुरु गरेको छ ।
भारततर्फ सामान बाेकेर जाँदै गरेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित एकीकृत जाँच चौकीबाट भारततर्फबाट जाँदै गरेका मालवाहक ट्रकहरु । तस्बिरः रासस
एकीकृत जाँच चौकीमा रहेका ट्रक
मोरङ, माघ ७ गते । विराटनगर महानगरपालिका –१८ स्थित भेडियारीमा १२९ बिघामा रहेको एकीकृत जाँच चौकीमा पार्क गरिएका मालवाहक ट्रकहरु । तस्बिरः रासस
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे तथा विधेयक अधिवेशन दिउँसो २ बजेबाट सुरु हुने कोशी प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।
कोशी प्रदेशसभा बैठक बस्दै
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
सात करोडमा ओखलढुङ्गामा झोलुङ्गे पुल बन्ने
ओखलढुङ्गा सदरमुकाममा पर्यटकीय झोलुङ्गे पुल बन्ने भएको छ । हुलाकडाँडादेखि वीरेन्द्रपार्कसम्म ४२५ मिटर लामो पर्यटकीय झोलुङ्गे पुल बन्न लागेको हो ।
असल अभ्यासले चिनिँदै छ सूर्योदय
असल अभ्यासले चिनिँदै छ सूर्योदयइलामको सूर्योदय नगरपालिका पूर्वी नेपालको ढोका मानिन्छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेको यो नगरपालिका पर्यटन, कृषि, पशुपालन, शिक्षामा अब्बल मानिन्छ । यसै
आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।