काठमाडौँ, असार ५ गते । अन्तर्राष्ट्रिय त्रिकोणत्मक टी–२० सिरिजको तेस्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा साँझ ७:४५ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । यो खेल नेपाललाई नेदरल्यान्ड्सविरुद्ध पहिलो खेलमा हारेको बदला लिने मौका पनि हो ।
नेपाल टी–२० क्रिकेटको इतिहासमै पहिलो पटक तेस्रो सुपर ओभरमा पुगेको खेलमा नेदरल्यान्ड्ससँग दुई विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले घरेलु टोली स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेको थियो ।
नेदरल्यान्ड्स पनि तेस्रो जितको लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्सले सिरिजको आफ्नो पहिलो खेलमा स्कटल्यान्ड र दोस्रो खेलमा नेपाललाई हराएको थियो ।
नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म १४ वटा टी–२० खेल भइसकेको छ । जसमा नेपालले पाँच् र नेदरल्यान्ड्सले आठ खेल आफ्नो पक्षमा पारेको छ । एक खेल नतिजाविहिन सकिएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्यान्डसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित सिरिजको शीर्ष टोली च्याम्पियन बन्ने छ ।