सोलुका भेडा उदयपुरमा
चरनका लागि हिमाली क्षेत्रमा लगिएका भेडा चिसो बढेपछि हिमाली क्षेत्रबाट तल झारिएका छन् । त्यस्तो भेडीगोठ उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएका छन् ।
बिभिन्न स्थानमा माघेसंक्रान्ति मेला
माघे संक्रान्तिको अवसरमा धनकुटामा विभिन्न धाममा श्रद्धालु भत्तजनको घुइँचो लागेको छ । माघे संक्रान्तिको अवसरमा धनकुटाको फलामेटारमा रहेको कौशिका धाम, मुलघाट, भीरगाउँको मधुगंगा, बाघेखोलामा रहेको धर्मगंगा लगायतका तीर्थस्थलमा धार्मिक मेला लागेको हो ।
दुर्घटनामा न्यायाधीशसहित दुई घाइते
सुनसरीको बराहक्षेत्र नगरपालिका –३ मा आज सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीशसहित दुई जना घाइते भएका छन् ।
फोनिज अधिवेशनमा पत्रकार सम्मानित
नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठलाई
गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार पंकज श्रेष्ठलाई प्रदान गरिएको छ ।
इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइयो
सुनसरीको इनरुवामा १० औं राष्ट्रिय योग दिवस मनाइएको छ ।
फोनिज ओखलढुङ्गाको अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
सिप सिकेर उद्यमी बन्दै महिला
घर धन्दामै ब्यस्त बन्दैआएका महिला सीप सिकेपछि उद्यमी बनेका छन् । दश वर्षअघिसम्म घर धन्दामै दिन बित्ने उनीहरुको दिनचार्य उद्यमसँगै फेरिएको छ ।
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रुपमा परिचित वराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ ।
मदन भण्डारी अस्पतालमा सिटी स्क्यान सेवा
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ ।
सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव
जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो ।
किराँत समुदाय आज नयाँ वर्ष मनाउँदै
किराँत लिम्बु समुदायले आज नयाँ वर्ष मनाँउदै छन । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
आइसिपीसँग जोड्ने सडक विस्तारको तयारी
विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिङ्क रोड’ चार लेनमा विस्तार गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।
चिया पकाउँदा सल्केको आगोले घर जलेर नष्ट
चिया पकाउन बालिएको आगो पूरा घरमा फैलिएर आगलागी भएको छ । आगलागीमा परेर फुसको छानो भएको ढुङ्गा माटोले बनेको एक तले घर जल्दा करिब १५ लाख बराबरको क्षति भएको छ ।
यातायात व्यवस्था कार्यालय रुम्जाटारको सेवा हर्कपुरमा विस्तार
ओखलढुङ्गाको रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयको सेवा हर्कपुरमा पनि विस्तार हुने भएको छ ।
रोङमा अभिभावक शिक्षा ‘डिजिटल’ माध्यमबाट
इलामको रोङ गाउँपालिकाले अभिभावक शिक्षा प्रभावकारी बनाउन मोबाइल एप(डिजिटल) प्रणाली सुरु गरिएको छ।
च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल
भोजपुर, पुस २९ गते । पौवादुङमा गाउँपालिका ३ च्याङ्ग्रेमा रहेको निर्माणाधीन च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल । केन्द्र सरकार र गाउँपालिकाको रु. दुई करोड १३ लाख लागत साझेदारीमा भइरहेको संरक्षण काम ७५ प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । तस्बिरः रासस
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।
कन्दमूलको व्यापार बढ्यो
माघेसङ्क्रान्ति पर्वका लागि सदरमुकाम गाईघाटलगायत जिल्लाका कटारी र बेल्टार बजारमा सखरखण्ड, तरुल, पिडालुलगायतका कन्दमूलको व्यापार बढेको छ । माघेसङ्क्रान्ति पर्व मनाउन
नाला र सडक निर्माणप्रति स्थानीयको असन्तुष्टि
मोरङको बुढीगङ्गा गाउँपालिका–१, टङ्कीसिनवारी चोकदेखि पूर्व सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३ गणसम्मको सडक विस्तारसँगै निर्माण हुन लागेको नालाको विषयलाई लिएर स्थानीयले असन्तुष्टि ज
उदार स्थानीय, कन्जुस प्रदेश
सरकारको कार्यक्रमलाई स्थानीयवासीले साथ दिने तर सरकारले आफ्नै कार्यक्रम कार्यान्वयनमा गम्भीरता नदेखाउने प्रवृत्तिले ‘केही भएन’ भन्ने निराशा बढाउँदो रहेछ । ओखलढुङ्गाको माने
राजनीति गर्नेले सत्ता र पदको लोभ गर्नु हुँदैन : नेता कोइराला
नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री डा. शंशाक कोइरालाले राजनीति गर्नेले पदको लोभ गर्नु नहुने बताउनुभएको छ।
पाथीभरा वन समूह अध्यक्षमा सेम्बु निर्वाचित
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलास्थि पाथीभरा सिम्बु सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा अमृत सेम्बु लिम्बू निर्वाचित हुनुभएको छ। आफ्ना प्रतिद्वन्द्वी दिनेश राईलाई पराजित गर्दै सेम्बु समूहको अध्यक्षमा निर्वाचित हुनुभएको हो।