पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि
मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
कोशी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस
कोशी प्रदेश सरकारले माघ ७ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चार महिनापछि माघ ७ गतेबाट अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
अकबरे खोर्सानी खेती
पथरी, पुस २८ गते । भाेजपुरका किसानले व्यावसायिक रुपमा गरेको अकबरे खाेर्सानी खेती । पछिल्लो समय बजारमा अकबरे खोर्सानीको माग बढ्दो छ । तस्बिरः रासस
जलपन्छी गणना सुरु
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको गणना सुरु भएको छ । आरक्ष क्षेत्रको सप्तकोशी नदी क्षेत्रमा ३८ औँ जलपन्छी गणना सुरु भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
मोरङको बुल्स–११ र झापाको चुलाचुली टोली सङ्खुवासभाको खाँदबारीमा जारी दोस्रो तीनपोखरी आमन्त्रण कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
उकालोमा पसिनाको कथा
सुर्केबाट लुक्लासम्मको यात्रामा उकाला मात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्नुहुन्छ । त्यहीबेला लामो श्वास फेर्दै उहाँ भन्नुहुन्छ, “यो जिन्दगी सजिलो छैन ।”
लेखक संघको अध्यक्षमा लोवा
अखिल नेपाल लेखक संघको प्रथम जिल्ला अधिवेशबाट मचिन्द्र लोवा अध्यक्ष चयन हुनुभएको छ ।
गोरखापत्रकर्मी भण्डारी सम्मानित
गोरखापत्र दैनिकका धनकुटा समाचारदाता कोकिला भण्डारी ३०३ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट पूर्वको पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा योगदान दिएको भन्दै उहाँलाई सम्मानित गरिएको हो ।
रुखबाट लडेर एकको मृत्यु
चौबिसे गाउँपालिकामा रुखबाट लडेर ६५ बर्षिय मुसलमान तामाङको मृत्यु भएको छ । धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा –७ किराँत चोकस्थित अठारसय घर भएका मृत्यु हुने तामाङ हाल अर्को घरमा बस्दै आउनुभएको थियो । मृतक तामाङ हाल सोही स्थानका ताजेलोङ चोजोङको घरमा २१ बर्षदेखि बस्दै आउनुभएको स्थानीयले जानकारी दिनुभयो ।
गोरखापत्रकर्मी यादवसहित पाँच पत्रकार सम्मानित
नेपाल यादव सेवा समिति दुहवीले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित पाँच पत्रकार सम्मानित भएका छन् । समितिको पदस्थापना तथा सम्मान कार्यक्रममा गोरखापत्रकर्मीसहित यादव समुदायका पाँच पत्रकारलाई सम्मान गरेको हो ।
फोनिज मोरङ अध्यक्षमा श्रेष्ठ
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङको छैठौं जिल्ला अधिवेशनले अनिल श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय कार्य समिति चयन गरेको छ ।
तरुलको बजार बन्यो शनिबारे हाट
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लाग्ने शनिबारे हाट यसपटक तरुलको बजार झैं बनेको छ। मकर (माघे) सङ्क्रान्तिको संघारमा लागेको शनिबारे हाट तरुल किनबेच गर्नेका कारण तरुलको बजार झैं बनेको हो।
खोटाङ र उदयपुर जोड्ने बेलिब्रिज जडान
खोटाङ र उदयपुर दुई जिल्ला जोड्ने पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको छ ।
राष्ट्रिय एकता दिवसमा पदयात्रा
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकीकरण पद मार्गमा पदयात्रा गरिएको छ ।
प्रेस सेन्टर नेपाल सुनसरीको अध्यक्षमा कार्की
धरानमा सम्पन्न भएको प्रेस सेन्टर नेपाल सुनसरीको पाँचौँ जिल्ला सम्मेलनले पुनः तीर्थ कार्कीलाई अध्यक्ष चयन गरेको छ ।
फोनिज सुनसरीको अध्यक्षमा चौधरी निर्वाचित
नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित हुनुभएको छ ।
नालीमा डुबेर बालिकाको निधन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ मा नालीमा डुबेर एक बालिकाको निधन भएको छ । स्थानीय ६ वर्षीया बालिका सिरिजा उराँवको नालीको पानीमा डुबेर निधन भएको हो ।
उदयपुर र खोटाङ जोडियो
गाईघाट–दिक्तेल सडकखण्डकोे सुनकोशी नदीमा बेलिब्रिज जडानको काम सम्पन्न भएको छ । पचास मिटर लम्बाइको अस्थायी बेलिब्रिज निर्माण भएपछि शुव्रmबारदेखि या
आगलागी हुँदा २२ लाख क्षति
जिल्लाको खिजिदेम्बा गाउँपालिकामा कपडा पसल र होटेलमा आगलागी भएको छ । गाउँपालिकाको वडा नं.५ खिजिफलाटे बजारको बसपार्क क्षेत्रमा हरेको लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त घरमा सञ्चालन गरिएको कपडा पसल र होटेल पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
पानीको जोहोले दिनचर्या नै बदलियो
मोरङको पाटीगाउँ थामडाँडाकी कल्पना राईको केही समयअघिसम्मको दिनचर्या खानेपानीको जोहो गर्दैमा बित्थ्यो । घरपरिवार र वस्तुभाउका लागि दैनिक दुई पटक घरभन्दा डेढ
सिमेन्ट खरिद रोक्ने चेतावनी
सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् ।
गाउँलाई आफ्नै उत्पादन हितकारी
देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ ।
पिकअप गाडी दुर्घटना हुँदा दुईको मृत्यु
पाख्रीबास नगरपालिका –३ स्थित जौटारमा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।सुंगुर बोकेर हिलेतर्फ आउदै गरेको पिकअप गाडी दुर्घट्ना हुदा पिकअप चालक पाख्रीबास नगरपालिका –९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह–चालक लहान नगरपालिका –५ सिरहाका २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।