आर्थिक विकासका लागि ‘विराट एक्स्पो’ हुँदै
जिल्लाको आर्थिक एवं औद्योगिक विकासका लागि उद्योग सङ्गठन मोरङले ‘विराट एक्स्पो–२०२५’ आयोजना गर्न लागेको छ ।
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो ।
खैरो हेरोइनसहित चार जना पक्राउ
धनकुटामा प्रहरीले खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । छथरजोरपाटी गाउँपालिका –६ स्थित सिधुवा बजारमा चेकजाँचका क्रममा दुई जनाको साथबाट लागुऔषध बरामद गरेको हो ।
'चतराधामको धार्मिक पर्यटन विकासमा सरकारकाे साथ रहनेछ'
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुनसरीको पवित्र धार्मिक तीर्थस्थल तथा प्राचीन हरिद्वारको रूपमा रहेको चतराधामको धार्मिक, ऐतिहासिक, र पर्यटन महत्वलाई अझै उजागर गर्न नेपाल सरकारको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पाँच महिनामा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया निकासी
ताप्लेजुङमा पछिल्लो पाँच महिनाको अवधिमा चार लाख क्युबिक फिटभन्दा बढी गोलिया काठ निकासी भएको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को मङ्सिर मसान्त सम्ममा उक्त परिमाणमा काठ (गोलिया) निकासी भएको हो ।
लागुऔषधसहित पाँच जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका ७ बाट ट्रामाडोल ट्याब्लेटसहितका लागुऔषध बोक्ने र कारोबार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
मोरङको बुढीगङ्गा गाउँपालिकाले सञ्चालन गरेको बुढीगङ्गा पालिका अस्पतालले दैनिक १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्दै आएको छ ।
प्लाइउड प्रशोधन
मोरङ, पुस २२ गते । मोरङ पथरी शनिश्चरे ९ स्थित एक प्लाई कम्पनीले प्लाइउड बनाउन सुकाएको कच्चा पाता । तस्बिरः रासस
पत्तालेबाट देखिएको नुम्बुर हिमशृङ्खला
सोलुखुम्बु, पुस २२ गते । सोलुखुम्बुको पर्यटकीय स्थल पत्तालेबाट देखिएको नुम्बुर, कारेलुङ हिमाल र आसपासको क्षेत्र । तस्बिरः रासस
पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ ।
सञ्चार स्मारिका सार्वजनिक
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले प्रकाशन गरेको ताप्लेजुङ सञ्चार स्मारिका सार्वजनिक गरिएको छ । ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित सञ्चार स्मारिका सार्वजनिक गरिएको हो ।
आपाङ्गता भएकालाई सामग्री वितरण
सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो ।
निर्माण व्यवसायी संघ इलाम अध्यक्षमा खनाल
निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचत खनालले १०७ मत प्राप्त गर्नुभएको छ ।
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
सुनसरीको इनरुवा नगरपालिका–५ स्थित एक प्लाई उद्योगमा घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै श्रमिक । उद्योग वाणिज्य सङ्घ इनरुवाका अनुसार यहाँ हाल १६ वटा प्लाई उद्योग सञ्चालनमा छन् ।
खोरेत रोग नियन्त्रणका लागि एकीकृत रणनीति आवश्यक
पशु चौपायालाई रोगमुक्त गर्न सरकारले खोप लगाउनेसँगै विभिन्न किसिमका अभियान सञ्चालन गर्न लागेकाले किसान,जनप्रतिनिधि, तीनतहकै सरकारका निकाय र सरोकारवाला एकजुट भएर अघि बढ्न ऐक्यवद्वता जनाएका हुन् ।
वृद्धकाे शव फेला
पाँचथरको सदरमुकाम फिदिममा ६८ वर्षीय लक्षुमण मुखिया मृत अवस्थामा भेटिएका छन् ।
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधिको प्रयोग
तरकारी बालीमा ग्राफ्टिङ् प्रविधि प्रभावकारी बन्दै गएको छ ।
काठ बोकाएर लगिँदै
सोलुखुम्बु, पुस २१ गते । सोलुखुम्बुको पर्यटकीय स्थल लुक्लाभन्दा माथिल्लो क्षेत्रमा भरियालाई काठ बोकाएर लगिँदै । सडक नपुगेको खुम्बुको सुर्केभन्दा माथिको स्थलमा सामान लैजाँदा भरिया वा खच्चड प्रयोग गरिन्छ । तस्बिरः रासस
पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो
मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन् ।
अस्पतालसँग निःशुल्क उपचारसम्बन्धी विवरण माग
विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार गर्न अनिवार्य शøया छुट्याउन कोशी प्रदेश सरकारले निजी अस्पताललाई निर्देशन दिएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशनसहित पत्र पठाउँदै विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण राख्न, अभिलेख तथा प्रतिवेदन नियमित पेस गर्न निर्देशन दिएको हो ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष इजम निर्वाचित
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा शिला इजम (राई) निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न सञ्चालक समितिको निर्वाचनमार्फत अर्का प्रत्यासी कुमार मादेनलाई पराजित गर्दै इजम अध्यक्षमा निर्वाचित हुनुएको हो।
बलात्कृत महिलाको गर्भमा ६ महिनाको बच्चा
खोटाङमा मानसिक सन्तुलन गुमेकी महिला बलात्कृत भएकी छन् । जिल्लाको केपिलासगढी गाउँपालिकाकी मानसिक सन्तुलन गुमेकी २० वर्षीया महिलामाथि बलात्कार भएको खुलेको छ ।
सुस्मिता मृत घटनाः फरार युवक ओखलढुङ्गामा झुन्डिएको अवस्थामा फेला
काठमाडौँको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक ओखलढुङ्गामा झुन्डिएको अवस्थामा फेला परेका छन्।
शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु
धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर भन्ने नारासहित शनिबार धरानका विभिन्न जातीय संस्था, विभिन्न सङ्घ संस्थाहरु, वद्यालयहरुले सांस्कृतिक झाँकीसहित धरान –१६ स्थित रङ्गशालाको दक्षिणी मैदानमा उत्सव सुरु भएको हो ।