प्रेस सेन्टरको अधिवेशनमा तीन जना सम्मानित
प्रेस सेन्टर नेपाल पाँचथर शाखाले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा तीन जनालाई सम्मान गरेको छ। शनिबार सङ्गठनको अधिवेशनको उद्घाटन सत्रमा जिल्लामा कृयाशील दुई र एक जना पूर्व अध्यक्ष गरेर तीन जनालाई सम्मान गरिएको हो।
‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ छिट्टै कालोपत्रे हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको पर्यटकीय क्षेत्रमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकाको केन्द्र चौरीखर्क ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ को कालोपत्रे छिट्टै हुने बताउनुभएको छ ।
राहत शिक्षकले बुझायो ध्यानाकर्षणपत्र
नेपाल राहत शिक्षक समिति ताप्लेजुङले प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ । विगत १५ महिनाअघि सरकार र राहत शिक्षक समितिबिच भएको सहमति कार्यान्वयनको माग गर्दै शनिबार समितिले प्रतिनिधिसभा सदस्य भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
स्कुटर दुर्घटनामा एक जनाको मृत्यु
शुक्रबार साँझ मोरङको उर्लाबारी चोकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको उर्लाबारी–५ झुम्राका ४५ वर्षीय नगेन्द्र गुरुङको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हो ।
१९ औँ ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुललाई
पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधी चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गतेदेखि सुरु भएको १९ औँ ललित अम्वर डिपो कपको फाइनलमा आयोजक डिपो स्कुललाई टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधीमाथि कब्जा जमाएका हुन् ।
खानेपानी ट्याङ्की
सुनसरी, पुस २० गते । सुनसरीको रामधुनी नगरपालिका(३ मा निर्माणको अन्तिम चरणमा पुगेको झुम्का खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड खानेपानी ट्याङ्की । नौ लाख लिटर क्षमताको यो ट्याङ्की १३५ फिट उचाइ रहेको छ । ट्याङ्की बनिसकेपछि चार हजार ३१ घरधुरी लाभान्वित हुने सहरी खानेपानी आयोजनाका अध्यक्ष केशीलाल चौधरीले जानकारी दिनुभयो । तस्बिरः रासस
शेर्पा सञ्चार समूह ताप्लेजुङ अध्यक्षमा तेन्जिङ
ताप्लेजुङ, पुस २० गते । ताप्लेजुङस्थित शेर्पा सञ्चार समूह नेपालको अध्यक्षमा तेन्जिङ शेर्पा चयन हुनु भएको छ । शुक्रवार सम्पन्न समूहको दोस्रो जिल्ला अधिवेशनले शेर्पा अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा पासाङ ल्हामु शेर्पा, सचिव तेन्जिङ शेर्पा पाङ्कर्मा र कोषाध्यक्षमा दा खाङ्डु शेर्पा चयन हुनुभएको छ । सदस्यहरूमा दावा नावा शेर्पा, पासाङ लन्डुप शेर्पा, पेम्बा शेर्पा, मिङ्मा लाकी शेर्पा र ल्हाजुङ्मा शेर्पा चयन हुनुभएको छ । सञ्चार समूहको जिल्ला अधिवेशन नेपाल शेर्पा संघ, कोशी प्रदेश कार्यसमिति सदस्य मिङ्मा खाङ्डु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । यस्तै अधिवेशनमा नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति अध्यक्ष पासाङरिता शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
आङ्खोपले जित्यो सङ्घीय मेला भलिबल उपाधि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ को आङ्खोप युवा क्लबले सङ्घीय मेला भलिबल उपाधि जितेको छ। सिदिङ्वाकै वडा ६ को मेहेले किङलाई पराजित गर्दै आङ्खोपले उपाधि जितेको हो।
बढ्न थाल्यो अलैँचीको मूल्य
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ।
उच्च शिक्षा अध्ययन गर्न शतप्रतिशत छात्रवृत्ति
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ।
निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढीले लिए सेवा
सुनसरीको रामधुनी नगरपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
बालबालिकामा मुटुकाे समस्या
इलामका बालबालिकाको मुटु परीक्षण गर्दा कलिलै उमेरमा मुटुको समस्या रहेको पाइएको छ ।
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार
रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको गुप्तेश्वर महादेवको मन्दिर स्थानीय सरकारको सक्रियतामा निर्माण सम्पन्न भएको छ ।
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।
सूर्योदय नगरपालिकाका किसानलाई चिया काट्न धमाधम
चिया उत्पादनको उर्वरभूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न (कटिङ) धमाधम सुरू भएको छ । सूर्योदय–१ मकर्जुङका जगन्नाथ अधिकारी यतिबेला बिहानदेखि साँझसम्म चिया कटिङमै व्यस्त हुनुहुन्छ ।
मिलेमतोमा बढाइयो चिनीको मूल्य
ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।
कोशीका उद्योग, कृषि तथा सहकारी मन्त्रीको सय दिने उपलब्धि
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आफू नेतृत्वको मन्त्रालयले सय दिन प्राप्त गरेको उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ।
रास्वपा ताप्लेजुङ सभापतिमा श्रेष्ठ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको सभापतिमा इन्जिनियर वीरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । रास्वपाको प्रथम जिल्ला भेलाले सभापतिमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । उहाँ यसअघि जिल्ला तदर्थ समिति संयोजकमा रहनुभएको थियो ।
सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न समिति बनाउँदै कोशी सरकार
सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ ।
कचनकवलमा हात्ती आतङ्कले उग्र रूप लिँदै
झापामा जङ्गली हात्तीको नियमित आवतजावतका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।
आगलागीबाट ३५ लाख बराबरकाे क्षति
मोरङको मिक्लाजुङ गाउँपालिका–४ मा बिहीबार बिहान आगलागी भएको छ ।
ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण
चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि इलाम नगरपालिकामा न्यानो कपडा र आवश्यक सहयोग सामग्री उपलब्ध गराइएको छ ।
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
जिल्लाको रोङ गाउँपालिकाका किसान तितेकरेलाको खेतीतर्फ आकर्षित भएका छन् । किसानले उत्पादन गरेका तितेकरेलालाई गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यहाँका किसान यसतर्फ आकर्षित भएका हुन् ।
प्रहरीलाई ठक्कर दिन खोज्ने स्कार्पियोमा १५५ केजी गाँजा
रततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राति १०ः१५ बजे को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी भागेको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।