नवराज कट्टेल
विराटनगर, पुस १८ गते । भारततर्फ लैजाँदै गरेको अवस्थामा १५५ केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बुधबार राति १०ः१५ बजे को १ च ९५८२ नम्बरको स्कार्पियोलाई विराटनगर–१८ भट्टाचोकमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिन खोजी भागेको गाडीलाई जहदा गाउँपालिका १ धुनीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो ।
मोरङका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका चिमरियाका अनुसार धरानबाट गाँजा लिएर विराटनगरतर्फ आइरहेका विशेष सूचनाका आधारमा भट्टाचौकमा इलाका प्रहरी कार्यालय बुधनगरको टोलिले रोक्न खोजेको थियो । तर प्रहरीलाई झुक्याएर गाडी पूर्वतर्फ भागेपछि जिल्लाबाट प्रहरी नायब उपरीक्षक, इलाका प्रहरी कार्यालय रानी समेतको टोलीले गाउँपालिका १ धुनीबाट नियन्त्रणमा लिइएको थियो ।
प्रहरीले गाडीका चालक धरान उपमहानगरपालिका १२ का राहुल विश्वकर्मा र धनकुटाको सहिदभूमी गाउँपालिका ६ का १९ वर्षीय सुरज राईलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा १५५ केजी गाँजा बरामद गरेको थियो ।
प्रहरीले गडी र दुवै जनालाईलागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।
प्रहरीले गाँजा कारोबारमा संलग्न थप व्यक्तिको समेत अनुसन्धान गरिरहेको जानकारी दिएको छ । प्रहरीले नियन्त्रण लिएका दुवै जनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।