सडकबिचको रुख नै बन्दै छ काल
मोरङको जाँते–पथरी सडकखण्डमा रहेका सालका रुख नहटाई कालोपत्रे गर्दा ती रुख नै काल बनिरहेका छन् । आइतबार दिउँसो रुखमा ठोक्किएर मोटरसाइकलमा सवार लेटाङ–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भयो ।
खैरो हिरोइनसहित दुई जना पक्राउ
ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण
सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा ६ को जनता माध्यमिक विद्यालय र इनरुवा ७ को चान्दबेलास्थित नेपाल राष्ट्रिय हरि माविका विद्यार्थी तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
मकैमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित
मकैमा फौजी किराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । भर्खर गोड्ने बेला हुँदै गरेको मकैमा किरा लागेपछि किसानलाई समस्या भएको छ ।
आर्मीका गजेन्द्र र पुलिसकी राममायालाई खोटाङ हाफम्याराथन उपाधि
खोटाङमा आयोजना गरिएको हाफम्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई र महिलातर्फ पुलिसकी राममाया बुढाले जित्नुभएको छ ।
यो हप्ताभित्र सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ। सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो ।
झापामा हात्तीपाइलेको औषधी सेवन लक्ष्य नजिक
झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधी खुवाउने कार्यक्रमअन्तर्गत झापाका ७९.४६ प्रतिशतले औषधी सेवन गरेका छन् । ८० प्रतिशतभन्दा माथि औषधी सेवन गरेको खण्डमा यस अभियानलाई सफल मानिने सरकारी आँकडा रहेको थियो ।
सङ्खुवासभामा पेस्तोलसहित एक जना पक्राउ
सङ्खुवासभाको चैनपुर नगरपालिका-१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।
बर्नेमा फूलेको शिरीष
गर्मीमा फूल्ने शिरीषको फूलेमा फोटो खिच्ने र भिडियो बनाउनेको भिड हुने गरेको छ । बर्ने चिया बगानका दुई साइडमा रहेका शिरिशका बोट यतिबेला ढकमक्क फुलेका छन् । बर्नेलाई अहिले शिरिशको फूलले भाइरलनै बनाएको छ ।
दहमा डुबेर युवकको मृत्यु
पाहा खोज्ने क्रममा चिप्लिएर खोलाको दहमा डुबेर ओखलढुङ्गामा एक युवकको ज्यान गएको छ ।
युवालाई स्थानीय उत्पादनसँग जोडेर समृद्ध बनाउँछौँ
ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिकामध्ये खिजिदेम्बा गाउँपालिका कुल १७९.७७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । ओखलढुङ्गा सदरमुकामदेखि उत्तरपश्चिममा अवस्थित यो गाउँपालिका साबिकका छ
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।
विद्यार्थीलाई साइकल वितरण
झापाको झापा गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीलाई गाउँपालिकाले साइकल प्रदान गरेको छ ।
खर मुजुर संरक्षण गर्न समुदायमा जनचेतना कार्यक्रम
विश्वमै लोपोन्मुख अवस्थामा रहेको खर मुजुरको संरक्षण गर्न स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । सुख्खा घाँसे मैदानमा बस्ने खर मुजुर विश्व भूगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि जनस्तरबाटै जनचेतनाका कार्यक्रमहरू सुरु गरिँदै आएको हो ।
हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार
झापामा एक व्यक्ति हराएको ४९ वर्षपछि कुशको शव बनाएर दाहसंस्कार गरी परम्परा अनुसार काजक्रिया सुरु गरिएको छ ।
एकै परिवारका पाँच जनामा हात्तीपाइले
झापाको दमकमा एकै परिवारका पाँच जनासम्मलाई हात्तीपाइले रोग फेला परेको छ । हात्तीपाइलेविरुद्ध आम औषधी सेजनको क्रममा नयाँ-नयाँ हात्ती पाइले रोगको सङ्क्रमण भएका बिरामीहरू फेला पर्न थालेका छन् ।
पानी पर्दा किसान खुसी
मोरङका अधिकांश स्थानमा लामो समयको खडेरीपछि आइतबार बिहान पानी परेको छ । पानी परेसँगै किसानको पछुवा मकैबालीलाई राहत भएको छ ।
भारतीय नाकामा पुनः रोकियो चिया
वैशाख महिना लागेसँगै नेपालबाट भारत निकासी हुने नेपाली चियालाई भारतले पटक पटक सिमानामा रोकिदिएपछि चिया किसान र व्यवसायी समस्यामा परेका छन् । भारतले पछिल्लो पटक एकसातायता पुनः नाकामा चिया रोकिदिएको छ ।
विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै बिर्तामोड नगरपालिका
बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।
विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
१६औँ संस्करणको शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।
बजेट अभावमा अलपत्र कभर्डहल
तिनै तहका सरकारबाट आवश्यकताअनुसार बजेट नजुटेपछि मोरङको बेलबारी-८ मा निर्माण भइरहेको मदन भण्डारी स्मृति कभर्डहलको निर्माण कार्य रोकिएको छ ।
सुपारी खेतीतर्फ किसानको आकर्षण बढ्दो
हरिया सागसब्जी फलफूल र तरकारी उत्पादन गर्दै आएका पानवारीका किसानहरू पछिल्लो समय सुपारी खेतीतर्फ आकर्षित भएका छन् ।
हज यात्रीलाई बिदाइ तथा सम्मान
सुनसरीको हरिनगर गाउँपालिकाबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान गरिएको छ । यस वर्ष हरिनगरबाट ४५ जना हज यात्रामा जानेहरूलाई जानुअघि बिदाइ सम्मान गरेको हरिनगर १ का वडा अध्यक्ष प्रवीण गुप्ताले जानकारी दिनुभएको हो ।