• २१ पुस २०८१, आइतबार

रास्वपा ताप्लेजुङ सभापतिमा श्रेष्ठ

blog

प्रथम जिल्ला भेलाबाट रास्वपा सभापति बन्नुभएका इन्जिनियर वीरेन्द्र श्रेष्ठ ।

चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १८ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङको सभापतिमा इन्जिनियर वीरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । रास्वपाको प्रथम जिल्ला भेलाले सभापतिमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । उहाँ यसअघि जिल्ला तदर्थ समिति संयोजकमा रहनुभएको थियो ।

जिल्ला कायसमितिको उपसभापतिमा दावा शेर्पा, सचिव नरेन्द्रकुमार पौडेल र सहसचिवमा लीलाप्रसाद पौडेल चयन हुनुभएको छ । सदस्यहरूमा निर्मला लाबुङ खिम्दिङ, नयनाथ तिवारी, सरिता गुरुङ, खेमराज बराल, सुशीला कार्की, शान्ति सिवा, नुपु शेर्पा र दुर्गाप्रसाद थापा चयन रहनुभएको छ ।

सदरमुकामस्थित फुङ्लिङ नगरसमिति संयोजकमा राजन गुरुङ र सचिवमा युवराज बराल चयन हुनुभएको छ । यता एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा हरि थापाले सङ्घीय निर्वाचन क्षेत्र संयोजकको जिम्मेवारी पाउनुभएको छ ।

रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, केन्द्रीय सहप्रवक्ता रमेश प्रसाइँ लगायतको उपस्थितिमा जिल्ला भेला सम्पन्न गरेको सो पार्टीले जनाएको छ । यस्तै जिल्लाको सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा पनि पालिकास्तरीय भेला सम्पन्न गरेको रास्वपाले जानकारी दिएको छ ।