सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरुको भनाइ छ ।
गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इन्जिनियर प्रमोद
सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किनुभएको थियो । ।
रुद्राक्षको माला र ढकी
नेपालको मध्यपहाडी क्षेत्रमा पाइने रुद्राक्ष विभिन्न प्रयोजनका लागि प्रयोगमा आउने गरेको छ । धार्मिक, आध्यात्मिक तथा औषधीय महत्व रहेको रुद्राक्ष पछिल्लो समय आर्थिक आर्जनका लागि उपयोगी बन्दै आएको छ ।
फोनिजको तेस्रो प्रदेश महाधिवेशनमा पाँच जना सम्मानित
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेस्रो प्रदेश महाधिवेशन उद्घाटन समारोहमा पाँच जना अग्रज फोनिजकर्मीलाई सम्मान गरिएको छ।
अस्थिरता अन्त्यका लागि ठुला दल मिल्यौं : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता अन्त्यका लागि ठूला दुई दल मिल्नुपरेको बताउनुभएको छ । नेकपा (एमाले) जिल्ला कमिटी धनकुटाको आयोजनामा भएको जराकेन्द्रित अभियानको उदघाटन गर्दै महासचिब पोखरेलले सो कुरा बताउनुभएको हो ।
सुनसरीमा हिसान स्पोर्टस् मिटको तयारी
सुनसरीका नीजि विद्यालय तथा उच्च शिक्षालयको छाता सङ्गठन हिसान सुनसरीको आयोजनामा माघ १३ गतेबाट इटहरीमा हुने हिसान स्पोर्टस् मिटको तयारी अन्तिम चरणमा पुगेको छ ।
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको छ ।
निर्माण व्यावसायीले बुझाए १४ बुुँदे माग
निर्माण व्यावसायीहरूको छाता संस्था निर्माण व्यावसायी सङ्घले विभिन्न १४ बुँदे माग अघि सार्दै प्रधानमन्त्रीलाई आज एक ज्ञापन पत्र बुुझाएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत निर्माण व्यवसायीले ज्ञापनपत्र बुुझाएका हुन् ।
बालश्रममुक्त स्थानीय तह घोषणा अभियान
सरकारले सन् २०२५ भित्रमा देशका सबै स्थानीय तहलाई बालश्रममुक्त गर्ने लक्ष्य राखे पनि हालसम्म देशभर ८ वटा स्थानीय तह मात्रै बालश्रम मुक्त स्थानीय तह घोषणा भएका छन्।
विदेश छाडेर गाउँमै कृषि पेसामा जोडिँदै युवा
यहाँका युवाहरू विदेशबाट फर्केर आफ्नै ठाउँमा उद्यम, व्यवसायमा जोडिन थालेका छन् । राज्यको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन भएसँगै यहाँका युवा कृषि पेसामा आकर्षित भएका हुन् ।
सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी
जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिनुभएका मोहम्मद लतिफले तीन दिनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहनु भएको छ ।
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
नवीनतम प्रविधिबाट मकैखेती हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । खनजोत नै नगरी धान रोपेको खेतमा सोझै मकै बाली लगाउन सकिने भएपछि किसान उत्पासाहित भएका हुन् ।
मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीले उपद्रो मच्चाउन छाडेन
सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालययका अनुसार गतबिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
सुध्रियो तयारी चियाको बजार
कोभिड सङ्क्रमणका कारण तहसनहस बनेको नेपाली चियाको विदेशी बजार विस्तार हुन थालेको छ ।
पूर्व मुख्यमन्त्री थापामाथि कुटपिट
झापाको कनकाई नगरपालिका –२ सुरुङ्गामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ ।
विपन्न २०० परिवारलाई न्यानो कपडा
सुनसरीको गढी गाउँपालिका वडा २ का विपन्न तथा सुकुम्बासी २०० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । गढी २ औरवानी पश्चिम टोल र गढी टोलका विपन्न परिवारलाई न्यानो कपडा (फाइवर सिरक) वितरण गरेको ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) सुनसरीले जनाएको छ ।
दुई जना समाजसेवीद्वारा अक्षयकोष स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित सरस्वती च्यारिबुक माध्यमिक विद्यालयमा दुई जना समाजसेवीले दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ।
भक्काको स्वाद लिँदै अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार र शनिबार २४ घण्टाको बसाइको क्रममा विहानै स्थानीय परिकार भक्काको स्वाद लिनुभएको छ ।
मोरङको ग्रामथानमा माओवादी केन्द्रको जनसभा सुरु
मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा वृहत जनसभा सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) ग्रामथान गाउँपालिका समितिको आयोजनामा धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा सुरु भएको हो ।
‘गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला प्राथमिकताका साथ अघि बढाउन आवश्यक’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिनुहुँदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
टिपताला पुग्न थाल्यो नेपाली गाडी
चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सिमाना टिपतालासम्म नेपाली सवारीसाधन पुग्न थालेका छन् । हाल कच्ची सडक भए पनि तमोर कोरिडोर मर्मत गरिएसँगै टिपतालासम्म सवारीसाधन
निःशुल्क स्वास्थ्य शिविरमा २४० लाभान्वित
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ । समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामीण महिला उत्सुक्ता विकास मञ्च फवार्ड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।
कुटपिटका कारण ४५ वर्षीय पुरुषको मृत्यु
ओखलढुङगा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो ।
रैथाने उत्पादनबाटै मनग्य आम्दानी
धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।