निर्माणाधीन सडकको काम नियमित
निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५.२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ । करिब तीन महिना काम रो
मूर्ति बनाउन भ्याइनभ्याइ
माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वती पूजाका लागि बजारमा सरस्वतीको मूर्ति निर्माण गर्न कालिगडलाई भ्याइनभ्याइ हुन थालेको छ । श्रीपञ्चमी नजिकिएसँगै सुनसरीका कालिगड दिनरात मूर्ति निर्माण गर्न लागिपरेका छन् ।
आजको मौसमः कोशीमा मन्द शीतलहर
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ । पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
ताप्लेजुङमा सुन्तला उत्पादन बढ्यो
ताप्लेजुङ, माघ ११ गते । ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत वर्षभन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो । गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोष थापा मगरले जानकारी दिनुभयो । थापा मगरका अनुसार यस वर्ष खेती विस्तारसँगै सुन्तला उत्पादन बढेको हो । जिल्लामा ५५६ हेक्टर क्षेत्रफल बराबरको जग्गामा गरिएको खेतीबाट तीन हजार ५४३.७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भई दिएकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गत वर्ष तीन हजार ५६ मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको थियो । जिल्लामा सुन्तला खेती गरिएको जमिनमध्ये ४३४ हेक्टर क्षेत्रफललाई भने उत्पादनशील क्षेत्रका रूपमा कृषि ज्ञान केन्द्रले औँल्याएको छ । यता जिल्लामा सुन्तलाको मूल्य भने प्रतिकिलोग्राम १०० देखि १५० रुपियाँसम्म छ । उत्पादक किसान तथा स्थानीय व्यवसायीले सो मूल्यमा सुन्तला बिक्री गर्दै आएका छन् । किसानका अनुसार यहाँ उत्पादन हुने सुन्तला जिल्ला बाहिरसमेत निर्यात हुने गरेको छ । जिल्ला बाहिरका व्यापारीले प्रतिकिलोग्राम ८० देखि ९० रुपियाँका दरले बगान (बगैँचा) बाटै सुन्तला खरिद गर्ने गरेका किसानको भनाइ छ । बगैँचाबाट टिपेर सुन्तला बिक्रीका लागि तयारी गर्दै किसान । तस्बिर ः चन्द्र पन्दाक
च्याङ्ग्रे बजार र च्याङ्ग्रे पोखरी
भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजार र गाउँपालिकाको प्रमुख आकर्षणको रुपमा रहेको च्याङ्ग्रे पोखरी । तस्बिर : रासस
सडक निर्माणको काम तीव्र गतिमा
विश्व बैङ्कको सहयोगमा सुरु गरिएको गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रमा सानाठुला गरी विभिन्न १३ वटा सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । निर्धारित समयसीमाभित्र काम सम्पन्न
तिब्बतसँगको सिमा टिप्ताला पुग्यो गाडी
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नेपालको टिप्ताला क्षेत्रमा नेपाली सवारीसाधन सञ्चालनले नयाँ सम्भावनाको ढोका खोलिदिएको छ । तमोर करिडोरको मर्मतपश्चात कच्ची सडकमार्ग हुँदै टिपतालासम्म जीप, ट्रयाक्टरलगायत सवारीसाधन नियमित रूपमा पुग्न थालेका छन् ।
चिया बेचेरै मासिक ५० हजार आम्दानी
मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोड्नुभएको छ । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहनुभएका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराउनुभएको छ ।
चिया परीक्षण केन्द्र सञ्चालन गर्न सम्झौता
इलामको कन्याममा निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) बिच सम्झौता भएको छ ।
समाजवादी ओखलढुङ्गाका अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश
नेपाल समाजवादी पार्टी ओखलढुङ्गाका संस्थापक अध्यक्ष हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
सुनसरीमा मिटरब्याजी पीडितको जागरण सभा
सुनसरीको इनरुवामा मिटरब्याजी पीडितको जागरण सभा गरिएको छ ।
नदी किनारमा बेवारिसे शव फेला
तुम्वेवा गाउँपालिका–१ र तेह्रथुम–६ थर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर खोला किनारामा बेवारिसे शव फेला परेको छ । बुधबार दिउँसो स्थानीयले तमोर खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ज्येष्ठ नागरिक सम्मानित
पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ का पाँच जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले सम्मान गरेको छ ।
हिमाल जोगाउने अभियानमा सिरिजङ्घा गाउँपालिका
दिन प्रतिदिन जलवायु परिर्वतनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व सङ्कटमा पर्दै जान थालेपछि सिरिजङ्घा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ ।
गौतम दाजुभाइको सैलुन व्यवसाय, कमाइ मासिक लाख
सैलुनको कमाइबाट मात्र करोडौँ रुपियाँ भारत जाने गरेको छ तर सीपको सदुपयोग गर्दे मोरङका गौतम दाजुभाइले सैलुन स्थापना गरी मासिक एक लाख बढी आम्दानी गर्ने गरेका छन् ।
भत्ता लिएर घर जाँदै गर्दा ७३ वर्षीया वृद्धा दिउँसै लुटियो
भत्ता लिएर घर फर्कँदै गर्नुभएकी ७३ वर्षीया रत्नमाया धनकुटा बजारमा दिउँसै लुटिनुभएको छ । उहाँले बोक्नु भएको करिब एक लाख पचास हजार रुपियाँ नगद धनकुटाको हुलाक टोल स्थित जिल्ला अस्पतालको अगाडी बुधवार दिउसो करिब १२ बजे अज्ञात समूहले लुटपाट गरेको छ ।
राजमार्ग बन्द हुने चिन्ता
इलाम, पाँचथर र ताप्लेजुुङ जोड्ने मुख्य राजमार्ग मेची राजमार्गमा वैशाख लागेपछि यातायात बन्द हुुने चिन्ता आमनागरिकमा बढेको छ । मेची राजमार्ग अन्तर्गत पर्ने इलामको माईखोला राजदुवालीमाथिको
बाढी र कटानको जोखिममा वराहक्षेत्र
धर्तीकै पहिलो तीर्थ वराहक्षेत्र मन्दिरपरिसर क्षेत्र र बस्ती सप्तकोशी नदीको बाढी र कटानको जोखिममा पर्दै आएको छ । हरेक वर्ष सप्तकोशी नदीमा आउने बाढीसँगै मन्दिर क्षेत्र र जोडिएको बस्ती जोखिममा पर्ने गर्छ ।
चिसोका कारण इटहरीमा विद्यालय बन्द
सुनसरी, माघ १० गते । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”
उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान
ताप्लेजुङमा कार्यरत उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। सशस्त्र प्रहरीको २४ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई बुधबार सम्मान गरिएको हो।
विपन्न परिवारको आवासका लागि ८० घर निर्माण
त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ ।
‘सशस्त्र प्रहरीको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपद् र शान्ति स्थापनाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ ।
नौ वर्षपछि एम्बुलेन्सको ऋण चुक्ता
‘कर छुट लिएका एम्बुलेन्सको दुरुपयोग’ समाचार प्रकाशनको प्रभावस्वरूप दुरुपयोग गरिएको एम्बुलेन्सको बक्यौता चुक्ता भएको छ । राज्यबाट भन्सार छुटमा खरिद गरी, सहकारी र अस्पतालको अभिलेखमा मात्र सिमित राखेर व्यक्तिले सञ्चालन गर्दै आएको एम्बुलेन्सको बक्यौता नौ वर्षपछि फरफारक भएको छ ।
झापामा छ महिनामा दुई सय १३ जना पक्राउ
चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनुभयो ।