अविनाश चौधरी
धनगढी, असार ५ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक असार १० गते बस्ने भएको छ ।
सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभा बैठक बोलाउने निर्णय गरेको हो । बैठक दिनको ४ बजे बस्ने समितिले निर्णय गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने जनाइएको छ । गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो ।