ओझेलमा लाफा गाउँको घरबास कार्यक्रम
धनकुटाको चौबिसे गाउँपालिका–२, मुढेबासस्थित लाफा गाँउमा एकल मगर जातिको मात्र बसोबास छ । ९५ घरधुरी रहेको यो गाँउमा घरबास सेवा सञ्चालनमा ल्याउने कुरा चलेको धेरै वर्ष भयो ।
खेलकुद विधेयक ल्याउने तयारी : राई
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।
भीरमा फसेका जर्मन नागरिकको उद्धार
सोलुखुम्बुमा भीरबाट लडेर फसेका जर्मन नागरिकको उद्धार गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका –३ मा पर्ने टोकटोक र बैंकरबिचमा रहेको जंगलमा बिहीबार विहान साढे ११ बजे ४१ वर्षीय जर्मन नागरिक माइकल हेनरिचको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
निर्माणाधीन नाट्यघरमा आगलागी
मोरङको सुन्दरहरैँचा –८ सलकपुरमा निर्माणाधीन नाट्यघरमा आगलागी भएको छ । बिहीबार अपरान्ह साढ ३ बजेतिर खरले छाएका दुईवटा घरमध्ये एउटा घरमा आगलागी भएको हो ।
मेची राजमार्गको स्तरोन्नति गर्न माग
मेची राजमार्ग अन्तर्गत पर्ने इलामको राजदुवाली–भञ्ज्याङ सडकको मर्मत गर्न उद्योग व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । इलाम उद्योग वाणिज्य संघका अध्यक्ष चेतनाथ पौड्याल (कृष्ण) को नेतृत्वको उद्योगी–व्ययवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत सरकारलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सो माग गरेका हुन् ।
'सार्वजनिक क्षेत्रमा निरन्तर खबरदारी आवश्यक'
कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले पत्रकारिता क्षेत्रले सार्वजनिक जिम्मेबारीमा रहेकाहरुको निरन्तर निगरानी र खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।
कोशीमा छुट्टै राजश्व महाशाखा गठनको तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार छुट्टै राजश्व महाशाखा गठनको तयारीमा रहेको बताउनुभएको छ ।
असला माछाले प्रख्यात बाह्रबिसे बजार
संखुवासभाको सभापोखरी गाउँपालिकाको केन्द्र वडा नं ६ मा रहेको बाह्रबिसे बजारक्षेत्र । यो क्षेत्र असला माछाका लागि प्रख्यात छ ।
किसानलाई कृषि सामग्री प्रदान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले किसानलाई कृषि सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा ३ साँघुका किसानलाई कृषि सामग्री प्रदान गरेको हो ।
पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु
यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।
कोदोको उत्पादन घट्दै माग र मूल्य बढ्दै
ताप्लेजुङमा कोदो उत्पादनमा कमी आएको छ ।
प्रतियोगितात्मक कृषि प्रदर्शनी
इलामको माईबेनीमा बर्सेनि लाग्ने मकरसङ्क्रान्ति मेलाका अवसरमा प्रतियोगितात्मक कृषि प्रदर्शनी भएको छ ।
सलहेस मन्दिर निर्माण अधुरै
पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए । विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन ।
पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्कार्ई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ ।
पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक
दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ ।
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
खोटाङ, माघ ३ गते । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।भ्रमण वर्षको पहिलो दिन ९मङ्गलबार० भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले चखेवाभञ्याङमा पाँच दिने महोत्सव आयोजना गरेको छ । यही माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएको छ । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । सरकारले घोषणा गरेको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा सफल पार्ने योजनाका साथ अगाडि बढेका छौँ । यो अवधिमा करिब एक लाख पर्यटक भित्र्याउन लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “मुन्दुम ट्रेल भर्जिन गन्तव्य हो । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।”खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ प्रकृतिप्रेमीअर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । विसं २०७५ पुस २१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ । हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो । ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढीअर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीरमौरी र विभिन्न जङ्गली जनावरसँग पनि त्यतिकै लुकामारी खेल्न पाइन्छ । मानवबस्ती कम पाइने ‘मुन्दुम ट्रेल’मा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।
आगलागीले पाँच घर जलेर नष्ट
सुनसरीको गढी गाउँपालिका र इनरुवा नगरपालिकाको जल्पापुरमा आगलागी हुदाँ पाँच घर जलेर नष्ट भएको छ । स्थानीयले न्यानोका लागि बालेको घुरबाट भएको दुवै ठाउँको आगलागीमा पाँच घर जलेर नष्ट भएको हो ।
झापा गोल्डकपको अध्यक्षमा गिरी
झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
सात हजारलाई एचपिभी खोप लगाइँदै
ताप्लेजुङमा करिब सात हजार जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ ।
घुम्नैपर्ने एक सय गन्तव्यको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो ।
नदी किनारमा धार्मिक मेलाको रौनक
माघेसङ्क्रान्ति पर्वका अवसरमा उदयपुरका कतिपय नदी किनारका विभिन्न स्थानमा मङ्गलबार बिहानैदेखि धार्मिक मेला लागेको छ ।
मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय उद्घाटन
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्धुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालयको स्थापना गरेको छ ।
पर्वलाई जीविकासँग जोड्दै
विराटनगर महानगरपालिका–९ निवासी सुमित्रादेवी साहले माघेसङ्क्रान्तिका लागि एक हजार लड्डु बनाउने सरसामानको जोरजाम गर्नुभएको छ ।
झापामा यात्रुवाहक बस दुर्घटना : ११ जना घाइते
झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । बुधबार बिहान ६ः३० बजे काँकडभिट्टा पूर्वबाट धरान पश्चिमतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिव ११ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।