लीलाराज खड्का
बिर्तामोड, माघ २ गते । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन हुनुभएको छ ।
बुधवार अध्यक्ष गिरीसँगै अन्य पदहरुमा पनि सर्वसम्मत नेतृत्व चयन भएको हो । झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिनुभएको थियो ।
कार्कीले उम्मेद्वारी फिर्ता लिएपछि गिरी सर्वसम्मत हुनुभएको हो । यसैगरि वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की पर्वत सचिवमा बुद्ध तामाङ, सहसचिवमा विष्णु सिग्देल र कोषाध्यक्षमा चन्द्रमणि कट्टेल सर्वसम्मत हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, विसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत चयन हुनुभएको छ । झापा गोल्डकप समितिले हरेक वर्ष मोफसलकै उत्कृष्ट झापा गोल्डकपको आयोजना गर्दै आइरहेको छ ।