• ४ माघ २०८१, शुक्रबार

खेलकुद विधेयक ल्याउने तयारी : राई

blog

प्रतियोगिताको उद्घाटन गर्नुहुदै सामाजिक विकास मन्त्री पाँचकर्ण राईसहित अथितिहरु । तस्बिर : गोरखापत्र

जयकृष्ण यादव 

इनरुवा, माघ ३ गते । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ । 

बिहीबार सुनसरीको इनरुवामा स्व. शान्ति गुरुङ्ग भण्डारीको स्मृतिमा कोशी प्रदेश स्तरीय सिनियर पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुहुदै मन्त्री राईले प्रदेशमा खेलकुदको संरक्षण, व्यवस्थापन र खेलमै युवाको भविश्यलाई जोड्न खेलकुद विधेयक ल्याउन लागेको बताउनुभएको हो ।

उहाँले उद्घाटन कार्यक्रममा क्रिकेटको एपीएलको चर्चा गर्नुहुदै देशभर नै क्रिकेटको क्रेज बढेको बताउनुभयो । उहाँले शहर र तराई मधेसमा मात्रै नभई हिमाल, पाहडसम्म पनि क्रिकेटको क्रेज देखिएकाले खेलाडीहरुलाई खेल खेलेर बाच्न सक्ने आधार बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो । 

उहाँले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा खेल खेलेर पनि बाच्न सक्ने आधार बनाउन कोशी प्रदेश सरकार लागीपरेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल प्रतिभालाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । उहाँले फरक प्रंसरमा आफ्नो मन्त्रालयले ४४ विधा हेर्नुपर्ने भएकाले खुलकुदमा थोरै बजेट परेको बताउनुभयो । 

मन्त्रालयमाले पाएको बजेटलाई अधिक्ताम सदुपयोग गर्ने समेत बताउनुभयो । सामाजिक विकास मन्त्रालयले सबै खेलकुदलाई आवश्यकता अनुसारको सहयोग गर्न खेलकुद संघ, संगठन र संस्थाहरुको सुचिकृत गर्ने काम थालेको बताउनुभयो । 

क्रिकेटलाई कोशी प्रदेशको पहिचान स्थापित गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो ।  राईले उद्घाटन गरेसगैं सुनसरीको इनरुवा नगरपालिकामा कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

माघ ६ गतेसम्म सञ्चालन हुने कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा सुनसरी जिल्ला क्रिकेट संघ, मोरङ्ग जिल्ला क्रिकेट संघ, झापा जिल्ला क्रिकेट संघ,उदयपुर जिल्ला क्रिकेट संघ, इलाम जिल्ला क्रिकेट संघ र नेकोस इनरुवा–११ (आयोजक) सहित ६ टिम सहभागी रहेको छ ।