• २ माघ २०८१, बुधबार

फोनिज अधिवेशनमा पत्रकार सम्मानित

blog

फोनिज पाँचथरको अधिवेशनमा पुरस्कृत पत्रकारद्वय रजनी हाङसरुम्बा र सुवास समिप राई ।

राधा लुइटेल

फिदिम, माघ १ गते । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ ।

पाँचौ जिल्ला अधिवेशनको सन्दर्भ पार्दै फोनिज पाँचथरले सुम्हात्लुङ टाइम्स अनलाइन र सुम्हात्लुङ एफएममा कार्यरत पत्रकार रजनी हाङसरुम्बा र फालेलुङ डटकमका सञ्चालक सुवाश समिप राईलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

फोनिज पाँचथरको सोमबार सम्पन्न अधिवेशनको उद्घाटनसत्रमा ‘फोनिज पत्रकारिता पुरस्कार २०८०’ बाट राई र ‘२०८१’ बाट हाङसरुम्बालाई सम्मान गरिएको छ । उहाँहरुलाई पुरस्कार राशी नगद पाँच हजार नगदसहित सम्मानपत्र र दोसल्लामार्फत सम्मान गरिएको छ ।

आदीबासी जनजाती पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक चन्द्र पन्दाक ‘प्रयास’ लिम्बूले प्रमूख अतिथिको आसनबाट उद्घाटन गर्नुभएको अधिवेशनमा पत्रकारका पेशागत संघठन प्रमूख तथा प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो ।

फोनिजको अधिवेशनमा सोमबार साँझ अबेर सम्पन्न अधिवेशनले उपेन्द्र येक्तेन अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको छ । समितिको सचिवमा सुवाश राईसहित नयाँ कार्य समिमित चयन भएको छ ।