• ८ वैशाख २०८२, सोमबार

आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौं : अध्यक्ष प्रचण्ड

blog

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेह्रथुमको लसुनेमा निर्मित सहिद धनरुपा कार्की स्मृति पार्क उद्घाटन तथा सभा हलको शिलान्यास कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर अध्यक्ष प्रचण्डको सचिवालय

तेह्रथुम, लसुने १४ माघ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा जनशक्तिमा विदेश पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ ।

तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमी, माटोको माया नगर्ने प्रवृतिका कारण विदेश जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘मलाई कता कता आज भोलि देशभक्तिको भावना कमी हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ । म आम समुदायलाई अपिल गर्न चाहान्छु । हामी हाम्रा छोराछोरीहरूलाई, हाम्रा सन्ततिहरूलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफैँ धनि, आफैँ आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेश पठाउन हतार नगरौं ।’’

अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो, ‘‘विदेशमा पनि टुङ्ग्गो छैन । काहाँ के हुने हो । अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौं प्रवासीलाई विस्तापित गरिँदै छ । कतिबेला हजारौं नेपालीहरू फर्केर नेपाल आउनुपर्ने हो टुङ्ग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरू फर्किन पर्ने हो टुङ्ग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं । स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वातावरण तयार गरौं ।’’

देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको  र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरूले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनकाविरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘तपाईंहरूले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरूमा सहभागी भइराखेको छु । देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्याख्या सुशासनको पक्षमा, भ्रष्टाचारका विरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिँडेको छु । मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरू सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईंहरू माझ उभिएको छु ।’’