विजनेश कम्प्लेक्ससहित ६ संरचनाको नयाँ ब्यवस्था
उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरासहित नेपालका ६ वटा विशेष संरचनालाई सञ्चालनका लागि नयाँ ब्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
कालोझण्डा देखाउन खोज्ने ११ जना प्रहरीको नियन्त्रणमा
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चिसो छल्न ज्येष्ठ नागरिकलाई फाइबर सिरक
खोटाङको रावा बेसी गाउँपालिका –६ हौँचुरका ज्येष्ठ नागरिकलाई चिसो छल्न फाइबरको सिरक उपलब्ध गराइएको छ । वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई आइतबार फाइबरको सिरक प्रदान गरेको हो ।
प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गर्नुभएको छ ।
झापामा सुरक्षा व्यवस्था कडा
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ ।
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री ओली झापामा
विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आउनुभएका प्रम ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे ।
वृद्ध महिलाको हत्या आरोपमा दुई जना पक्राउ
झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका – ७ बस्ने २८ वर्षीय अजय यादव र झापा शिवसताक्षी नगरपालिका–७ बस्ने २४ वर्षीय अशोक यादव रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
पैदल यात्रीको मृत्यु
झापाको कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुरमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
कञ्चनजङ्घा गोल्डकपको उपाधि धरानलाई
ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
सिलाम साक्माको प्रतिमा निर्माण
लिम्बू जातिको सांस्कृतिक पहिचानका रूपमा रहेको सिलाम साक्माको प्रतिमा तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा निर्माण गरिएको छ । लिम्बू समुदायले आफ्नो प
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा
तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।
फिदिममा ट्रिटमेन्ट प्लाण्टसहितको खानेपानी ट्याङ्की
पाँचथरको फिदिम नगरपालिका १ माथ्लो गाउँ सिरानमा ट्रिटमेन्ट प्लाण्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण भएको छ । फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ट्याङ्की निर्माण गरेको हो ।
चासोक तङनाम च्याब्रुङ नाच प्रस्तुत गर्दै युवा
झापाको कमल गाउँपालिका ३ केर्खामा शनिबार याक्थुङ युवा मञ्चले आयोजना गरेको चासोक तङनाम साँस्कृतिक कार्यक्रममा परम्परागत च्याब्रुङ नृत्य प्रस्तुत गर्दै कलाकार । यस चाडलाई लिम्बू समुदायले न्वागी अर्थात उद्यौली पूजाका रुपमा समेत मनाउँदै आएका छन् ।
धरानले जित्यो कञ्चनजङ्घा गोल्डकप उपाधि
सुनसरी धरानको गोधुली फुटबल क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबर भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माइजोगमाईलाई पराजित गर्दै धरानले उपाधि जितेको हो।
टिप्परको ठक्करबाट एकको मृत्यु
सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।
ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्छ : सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारले बैदेशिक ऋणभन्दा अनुदानलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
महिलाका लागि क्षमता अभिबृद्धि तालिम
जलवायु परिवर्तनले महिलामाथि हुने असर विषयक क्षमता अभिबृद्धि तालिम धनकुटामा सञ्चालन भएको छ । तालिममा महिला र पुरूषको कार्यबोझ विश्लेषण, कार्यबोझका आधारमा महिलाको श्रोतसँगको अन्तरक्रिया गरिएको छ ।
हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिबार बिहान हायस गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
चुनावी प्रचारको नारामै सीमित रह्यो,सुकुमवासी र भूमिसम्बन्धी समस्या
निर्वाचनका क्रममा सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारप्रसारको मुख्य एजेन्डा बन्दै आएको भूमिसम्बन्धी समस्याको समाधान गर्ने विषय अहिले कसैको चासोमा परेको छैन ।
छ जना फरार प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका छ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो ।
हाम्रो पार्टीमा विरोध गर्न पाइन्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाइने बताउनुभएको छ ।
तीन देशको सुन्तला महोत्सव कोलकातामा
पश्चिम बंगालको कोलकातामा छैठौं सुन्तला महोत्सव शुक्रवारदेखि सुरु भएको छ । सिटी अफ जोएु कम्पनीको आयोजनामा भएको यस महोत्सवमा नेपाल, भारत र भुटानका सुन्तला उत्पादकहरूको सहभागिता रहेको छ ।
प्रेस स्वतन्त्रतामा हामी गम्भीर छौं : गृहमन्त्री लेखक
शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।