• २० माघ २०८१, आइतबार

बुढासुब्बा गोल्डकप : युकेएफसी भारतको जित

blog

२५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता । तस्बिर : निशा राई

निशा राई     

धरान, माघ २० गते । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । 

शनिबारदेखि धरान रंगशलामा भएको खेलमा पाहुना टोली युनाइटेड कर्साङ भारतसँग सडनडेथमा पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो । सडनडेथमा  धरानका मनोज राईको प्रहार गोल्डपोस्ट माथिल्लो बारमा ठोक्किँदै बाहिरिएको थियो ।

कर्साङका हेमराज भुजेलको प्रहार गोलमा परिणत भएपछि कर्साङले सेमिफाइनलको स्थान पक्का गरेको हो । खेलको पहिलो हाफको १८ मिनेटमा कर्साङका हेमराज भुजेलले टिमको लागि पहिलो गोल गर्नुभएको थियो ।

उहाँले नयन प्रधानबाट प्रहार भएको बललाई धरानका गोलकिप्पर पञ्च गरेको रिवाउन्ड बललाई सदुपयोग गर्दै सुन्दर गोल गर्नुभएको थियो । खेलको ४४ औं मिनेटमा धरानका बिनोद राईले गोल फर्काएपछि निर्धारित समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल सिधै टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा धरानका दोर्जे तामाङ, बिबेक राई, सुगम जिमी, कार्लोस साम र बाफोरले गोल गोल गर्नुभएको थिया भने कर्साङको तर्फबाट बिशाल छेत्री, सदिश राई, स्रिजल राई, रुस्ताम प्रधान र राज रोउथले गोल गोल गर्नुभएको थियो । टाइब्रेकरमा दुबै टिमले ५–५ गोलको बराबरी खेलेपछि खेलको छिनोफानो सडनडेथबाट लिइएको थियो । 

सोमबार हुने तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र पाहुना टोली आरटिसी एफसीबिच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ । माघ २६ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।