• २० माघ २०८१, आइतबार

सञ्चार माध्यम समृद्धिको आधार

blog

सुनसरी समाचारदाता

इटहरी, माघ २० गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धि र परिवर्तनका लागि इतिहासका विभिन्न कालखण्डमा भएका विविध सङ्घर्ष र बलिदानलाई संस्थागत गर्ने कार्यमा रेडियो नेपाल र नेपाल टेलिभिजनको महìवपूर्ण योगदान रहेको बताउनुभएको छ । 

सार्वजनिक सेवा प्रसारण नेपाल अन्तर्गत रहेको नेपाल टेलिभिजनको इटहरी च्यानलको छैटौँ वर्ष प्रवेशको अवसरमा यहाँ आयोजित कार्यव्रmममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । 

पूर्वराष्ट्रपति भण्डारीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर नयाँ स्वरूपको सार्वजनिक सेवा प्रसारण नेपाल बनाएपछि यसबाट अवसर र चुनौती थपिएको बताउँदै आगामी दिनमा आउने चुनौतीको सामना गर्न यसको नेतृत्वपक्ष सक्षम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सेवाले मुलुकमा रहेको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधतालाई उजागर गर्दै सबैको आवाजलाई मुखरित गर्दै अगाडि बढ्नुपर्ने धारणासमेत व्यक्त गर्नुभएको थियो । कोशी र मधेश प्रदेशलाई मूल कार्य क्षेत्र बनाएर स्थापित नेपाल टेलिभिजनको इटहरी च्यानलले समाजका सबै तह र समुदायसम्म निष्पक्ष र सत्य समाचार प्रवाह गर्ने अभियानमा सफल बन्न उहाँले शुभकामनासमेत दिनुभएको थियो । 

कार्यव्रmममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विद्यमान लोकतान्त्रिक प्रणाली अपेक्षाकृत सुदृढ हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि सरकार र सार्वजनिक निकायलाई सकारात्मक बाटो हिँड्न र हिँडाउनका लागि सञ्चार माध्यमले सत्यतथ्य उजागर गरिदिनुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रलाई बलियो बनाउन, सार्वभौमसत्ता सुदृढ गर्न र मुलुकको विकास र समृद्धिलाई अगाडि बढाउन राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने दायित्व रहेको पनि उल्लेख गर्नुभयो । यसका लागि आवश्यक कर र राजस्वको असुली वृद्धिको सन्दर्भमा सञ्चार माध्यमले चनाखो ढङ्गबाट खबरदारी गरिदिनुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मुलुकको समग्र विकास र समृद्धिको अभियानलाई सफल बनाउन सार्वजनिक सेवा प्रसारण नेपालको भूमिका महìवपूर्ण रहने बताउनुभयो । 

सो अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सङ्घीय प्रणालीलाई आत्मसात् गर्दै मुलुक अगाडि बढिरहेको अवस्थामा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने अभियान अन्तर्गत अगाडि बढेको नेपाल टेलिभिजनको स्थानीय च्यानलले स्थानीय तहको समृद्धि र विकास अभियानमा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।