• २० माघ २०८१, आइतबार

कानेपोखरीमा डुबेर एक जनाको मृत्यु

blog

कानेपोखरी ७ को कानेपोखरीस्थित पोखरीमा डुबेर मृत्यु भएकाको शव निकाल्दै सशस्त्र प्रहरी । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, माघ २० गते ।
मोरङको कानेपोखरी ७ मा अस्थायी बसोवास गर्दै आउनु भएका ४६ वर्षीय कुलबहादुर गिरीको पोखरीमा डुबेर मृत्यु भएको छ । शनिबार दिउँसो कानेपोखरी ७ को कानेपोखरीमा गिरीको पोखरीमा डुबेर मृत्युु भएको हो ।

अस्थायी प्रहरी चौकी कानेपोखरीका ईन्चार्ज सहायक प्रहरी निरीक्षक राजेश श्रेष्ठका अनुसार पोखरी क्षेत्रमा वनभोज खान पुगेका मानिसहरूले डुबेको देखेपछि तत्काल कानेपोखरी गाउँपालिकाको नगरप्रहरीलाई खबर गरेका थिए । तर नगर प्रहरीले गहिरो पोखरीमा डुबेका गिरीलाई उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरी पकलीको गोताखोर टिमलाई खबर गरिएको थियो ।

गोताखोर समूहले उद्धार गर्दा गिरीको मृत्यु इसकेको थियो । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर ५ स्यावुन घर भएका गिरीका आफन्तहरू आएपछि शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी पठाइएको छ ।