गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । प्रेस चौतारी नेपाल तेह्रथुमको जिल्ला अध्यक्षमा उमेश नेपालीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु निर्वाचित हुनुभएको छ ।
त्यस्तै सचिव विनोद भट्टराई निर्वाचित हुनुभएको छ भने सहसचिव सरस्वती राई र डिबी लिम्बु निर्वाचित हुनुभएको छ । अधिवेशनबाट कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित हुनुभएको छ ।
यसै गरी प्रेस चौतारी नेपाल रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले परिचन्द्र खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । त्यस्तै प्रेस चौतारी नेपाल बर्दियाको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।