चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २३ गते । प्रेस चौतारी नेपाल ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङ्वा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको छ । सङ्गठनको २७ औं स्थापना दिवसको अवसरमा मङ्गलबार सम्पन्न प्रेस चौतारी ताप्लेजुङको छैटाैं जिल्ला अधिवेशनले पालुङ्वाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमिति उपाध्यक्षमा मदन गौतम र साहारा लङ्वा लिम्बू, सचिव तेन्जिङ शेर्पा, सहसचिवमा किरण विक र सुनीता रसाइली तथा कोषाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सदस्यहरुमा हेमराज निरौला, नारद गुरागाईं, मिङ्माखाण्डु शेर्पा, सोनिया तामाङ, लक्ष्मण पौडेल र रोमन बोखिम रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा सुवास आचार्य, रवीन भट्टराई र गङ्गा लिङ्खिमलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा मदन गौतम, किरण विक र सुनिता रसाइलीलाई चयन गरेको छ । अधिवेशन नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथ प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यता तथ प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीलगायतको उपस्थितिमा सम्पन्न भएको हो ।
यता अधिवेशनको उद्घाटनमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, फोनिजका जिल्ला अध्यक्ष दिलकुमार लिम्बू, पत्रकारका पेशागत सङ्घ, सङ्गठनका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।