• ११ चैत २०८१, सोमबार

बिजुलीको पोल लागेर एकको मृत्यु

blog

लीलाराज खड्का 

बिर्तामोड, माघ २७ गते । रुखको हाँगा काट्दा बिजुलीको पोल ढलेर लाग्दा झापा मेचीनगरमा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान साढे १० बजेको समयमा चिया बगानमा रहेको रुख काटने क्रममा रुखले बिजुलीको पोललाई ठक्कर दिई घाइते बनेको मेचीनगर ५ का ५८ वर्षीय मङ्गले सार्कीलाई टाउकोमा चोट लागेको थियो । 

उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारका क्रममा बिहान ११ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले रुख काट्ने सोही स्थानका २६ वर्षीय सिताराम उराउ र २३ वर्षीय सिलास उराउलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।  

मृतक सार्की रुख ढाल्न लगाउने व्यक्ति भएको समेत बताइएको छ । ढलेको बिजुलीको तारमा विद्युत नभएको प्रहरीले जनाएको छ ।