• १ फागुन २०८१, बिहिबार

वित्त आयोगको कार्य सम्पादनमा सोलुदूधकुण्ड पहिलो

blog

सन्तोष राउत

सोलुखुम्बु, फागुन १ गते । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ । ६९.८ अङ्कसहित सोलुदूधकुण्डले जिल्लाका अरू स्थानीय तहलाई पछि पार्दै प्रथम भएको हो भने ६८.० अङ्क ल्याएको थुलुङदूधकोशी गाउँपालिका दोस्रो भएको छ ।

त्यस्तै, माप्यदूधकोशी गाउँपलिका ६३.० अङ्कसहित तेस्रो स्थानमा छ । खुम्बु पासाङल्हामु गाउँपालिका ६०.२ अङ्कसहित चौथो भएको छ । नेचासल्यान गाउँपालिका ५७.८ अङ्कसहित पाँचौं, लिखुपिके गाउँपालिका ५६.२ ल्याएर छैठौं महाकुलुङ गाउँपालिका ५३.४ सातौं र सोताङ गाउँपालिका ४९.८ अङ्कसहित आठौं स्थानमा रहेका छन् । 

कार्यसम्पादन मूल्याङ्कनमा आयोगले स्थानीय तहको मूल्याङ्कन गर्दा विभिन्न १७ वटा सूचकलाई आधार बनाएको छ । सोलुदूधकुण्ड नगरपालिका जल्लिामै पहिलो भएपछि आफूहरू सेवा प्रवाह तथा विकास निर्माण नियमसङ्गत रूपमा काम गरिरहेकोले प्रतिफल राम्रो आएको मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । 

जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त प्रयासले सकरात्मक नतिजा आएको उहाँको भनाइ छ । स्थानीय तहले आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगर सभामा पेस गरे नगरेको लगायतको सूचक राखेको थियो ।