• ३० माघ २०८१, बुधबार

बाबुुको हत्या आरोपमा छोरा–बुहारी पक्राउ

blog

सांकेतिक तस्बिर

कोकिला ढकाल

इलाम, माघ २९ गते। इलामको सूर्याेदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा मृतकका छोराबुहारीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मृतककै छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई)समेत छन्। उनीसहित छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई पक्राउ गरेर प्रहरीले घटना सार्वजनिक गरेको छ।

मृतक शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनुुभयो।  राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले बताउनुुभयो। राईको कर्तव्य गरी मारेको अवस्थामा शव भेटिएको कोइरालाको भनाइ छ।  

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ।