• २९ माघ २०८१, मङ्गलबार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

blog

दुर्घटनामा परेको ट्याक्टर । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, माघ २८ गते । पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

सोमबार बिहान ४ बजे जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुु स्थित गौंथीली भीरमो मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका चालक २७ वर्षीय दिनेश चौहानको घटना स्थलमै निधन भएको पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुडाथोकीले बताउनुभयो ।

उहाँका अनुसार ट्रलीबिनाको ट्याक्टर बिहानै तिमतिम्बुदेखि च्याङथापु बजार आउने क्रममा दुर्घटनामा परेको थियो । स्थानीयले दुर्घटना भएका थाहा पाउना साथ गएको प्रहरी र स्थानीयले याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक चौहानलाई मृत अवस्थामा फेला पारेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रकृति मुचुल्का तयार गरी मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।