सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व बढ्यो
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निकुञ्जको राजस्व १० दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो ।
आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, माघ १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उहाँले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिनुभयो । उहाँले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औंल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता छ । रासस
पशुलाई पीपीआरविरुद्धको खोप लगाउन सुरु
उदयपुरको उदयपुरगढी गाउँपालिकाले पशुमा देखिने सरुवा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ ।
ऐतिहासिक चन्द्र नहर पुनःनिर्माण हुने
देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अरव लगानी गरेर पुनःनिर्माण गर्ने भएको हो । चन्द्र नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवका अनुसार जापान सरकार निर्माण ठेक्का लिएको बताउनुभयो ।
सहकारी रकम ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
शैक्षिक व्यवस्थापन सुधार गर्न विद्यालयमा ‘सिसी क्यामेरा’ जडान
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
चाँय जाति पिछडावर्गमा सूचीकृत
तराईको जिल्लाहरूमा बसोबास गर्दै आएका चाँय जातिहरू पिछडा वर्गमा सूचिकृत भएका छन् । संवैधानिक राष्ट्रिय समावेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडा वर्गमा समावेश गरी सूचिकृत गरेको हो ।
दुर्घटना न्यूनीकरणका लागि कुकुरलाई नियोन बेल्ट
सवारी चापसँगै जथाभाबी रहेका सामुदायिक कुकुरले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले धरान उपमहानगरमा मानव कल्याण सेवा समाजले सामुदायिक कुकुरलाई नियोन बेल्ट लगाइदिएको छ । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चाप
फरार प्रतिवादी २० वर्षपछि पक्राउ
इलाका प्रहरी कार्यालय केराबारी मोरङको समन्वयमा संखुवासभाका कैली तामाङलाई पक्राउ गरिएको छ । कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय तोकिएपछि फरार रहेको तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले बुधबार पक्राउ गरेको हो ।
कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।
कोशीमा एमालेकी कोइराला विजयी
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।
कोशीमा मतगणना सुरु
विराटनगरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।
कोशीमा स्थानीय तहका तीन जना मतदानमा अनुपस्थित
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो ।
नश्ल सुधारका लागि पशु कृत्रिम गर्भाधान सेवा सुरु
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले नश्ल सुधार गर्नका लागि पशुमा कृत्रिम गर्भाधान सेवा सुरु गरेको छ ।
आदिवासी सन्थाल जाति 'सोहराय' पर्व मनाउँदै
अल्पसङ्ख्यक आदिवासि सन्थाल जाति यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् ।
तीस प्रतिशत घरमा मात्रै धारा
विराटनगरमा अझै ६० प्रतिशतभन्दा बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६०.७ प्रतिशत घरधुरीमा अझैसम्म पिउने पानीको धारा जडान भएको छैन । यी घरमा ट्युबेलको प्रयोग गरिँदै आएको छ ।
तल्लो अरुणलाई जग्गा अधिग्रहण गरिँदै
जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रव्रिmया सुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले नै
पाँचौ मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिता हुने
आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
रोङमा कला–साहित्य महोत्सव हुने
लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।
किरात बाहिङ संस्कृति 'हंङ बोचो'
बाहिङ जाति अल्पसङ्ख्यक जातिमध्ये एक हो । राष्ट्रिय तथ्याङ्क २०७८ अनुसार छ हजार पाँच सय ४७ जाति र भाषा वक्ताको रूपमा १४४४९ रहेको छ ।
माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो
किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ ।
रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।
आन्तरिक पर्यटकको रोजाइमा चिन्डेडाँडा
धरान उपमहानगरपालिका–२० मा पर्ने चिन्डेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धरानदेखि सात किलोमिटरको दुरी पार गरेपछि धरान २० मा पर्ने चिन्डेडाँडा पुग्न सकिन्छ । यहाँबाट धरान, तराईका विभिन्न भाग र खुल्ला मौसम भएमा सप्तकोशीको रमणीय दृश्य पनि देखिने भएकाले आन्तरिक पर्यटकको भिड बढ्न थालेको छ ।