• १९ असोज २०८१, शनिबार

हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

blog

निशा राई 

धरान, माघ १० गते । धरान उपमहानगरपालिका-८ स्थित भोटेपुलमा हायसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।दुर्घटनामा धरान १५ बस्ने ४६ वर्षीय शम्भु दर्जीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो २ बजे इटहरीबाट धरानतर्फ जाँदै गरेको ना १ ज ७१२१ नम्बरको हायसले बाटो क्रस गर्दै गरेको को ६ प ५६०३ नम्बरको मोटरसाइकल र को ३२ प ८६६१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते दर्जीको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनुभयो ।

उहाँको अनुसार स्कुटर चालक भने सोही स्थानमा बस्ने ४४ वर्षीय सुरज गजमेर सामान्य घाइते हुनुभएको छ । 

दुर्घटनामा संलग्न हायस चालक सप्तरी सुरुङ्गा ८ बस्ने २८ वर्षीय तेज नारायण सदालाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिएको छ । घटना सम्बन्धनमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।