पाँचथरको हिलिहाङमा आँखा शिविर, ६७ जनाको शल्यक्रिया
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा चार दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ६७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
राजदूतद्वारा वर्थिङ सेन्टर उद्घाटन
नेपालका लागि जापानी राजदूत किकुता युकाताले इलामको सूर्योदय –७ गोगनेमा निर्माण भएको वर्थिङ सेन्टर आज उद्घाटन गर्नुभएको छ ।
एकै घरका तीनजनाको तीन चितामा दाहसंस्कार
जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव आज तीन चिता बनाई दाहसंस्कार गरिएको छ ।
फुङ्लिङ बजार शुक्रबार बन्द
नेपालीहरुको चाडपर्व दसैँ, तिहार र छठमा खुला गरिएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबारदेखि पुनः सुरु गरिएको छ।
पितृ स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण
झापाको गौरादह नगरपालिका- का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।
रबर उद्योगमा आगलागी, करिब ३५ लाखको क्षति
झापाको मेचीनगर नगरपालिका –१२ मा शान्तिराम चिमरियाको रबर उद्योगमा शुक्रबार विहान आगलागी भएकोछ । रबर सुकाउने (स्मोक हाउस) मेसिनमा विद्युत सट भएर उद्योगमा आगलागी भएको जनाइएको छ ।
धान काट्न हार्भेष्टर कुर्दै किसान
कृषि क्षेत्रमा काम गर्ने जनशक्ति धमाधम भारत पलायन भएपछि दक्षिण मोरङका किसान धान काट्न पालो कुरिरहेका छन् ।
अन्तर वडा क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ लाई
कनकाई नगर खेलकुद विकास समितिद्वारा यहाँस्थित कनकाई माविको खेल मैदानमा आयोजित अन्तर वडा टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ को टिमले हात पारेको छ ।
भूकम्प पीडितलाई दमक नगरपालिकाको आर्थिक सहयोग
झापाको दमक नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत आर्थिक सहयोग गर्ने भएको छ ।
झापा लिग सुरु
झापाको भद्रपुर विहिबारबाट अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।
करेन्ट लागेर युवकको मृत्यु
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
झापामा फल्यो ८१ प्रजातिको रैथाने धान
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् ।
नौमती बाजा सिक्दै इलामका महिला
इलाम नगरपालिका– ९ की ५५ वर्षीया भीमा पाठक अहिले नौमती बाजा मध्येको ढोलक बजाउन निकै पोख्त भइसक्नु भएको छ । उमेर घर्किँदै जाँदा पनि पाठकलाई आफ्नै विवाहमा बजेका नौ मति बाजामा नाच्ने रहर अझै पुरा भएको छैन ।
दुर्गाराज पोमुको स्मृतिमा दुई लाखको अक्षयकोष
मोरङ उर्लाबारी—९ को पोमु परिवारले आफ्ना स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा स्थानीय एक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । पोमुको परिवारले प्रभात आधारभूत विद्यालय उर्लाबारी–९ मा अक्षयकोष स्थापना गरेको हो ।
रिड नेपालद्वारा छात्रवृत्ति प्रदान
ताप्लेजुङमा क्रियाशील शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले यस वर्षको छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययन गरिरहेका जिल्लाको दुर्गम क्षेत्रका सातजना विद्यार्थीलाई रिड नेपालले छात्रवृत्ति वितरण गरेको हो ।
पाथीभरामा दसैंतिहारमा मात्रै ६१ हजारभन्दा बढी दर्शनार्थी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दसैँतिहारको अवधिमा मात्रै ६१ हजारभन्दा बढी दर्शनार्थी आएका छन् ।
श्रीमानले गरे श्रीमतीको हत्या
झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमानले बुधवार राति श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
फलामको रड प्रहार गरी बुबाको हत्या
सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिका–१ शिखरडाँडा निवासी ३२ वर्षीय दावा घिसिङले फलामको रड प्रहार गरी बुबा ७२ वर्षीय बुद्धिमान घिसिङको हत्या गरेका छन् ।
उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
मोरङको उर्लाबारी ७ इटहरारोडकाे सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आगलागीमा शक्त घाइते हुनु भएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ । तामाङको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
श्रीमती र छोराको हत्यापछि आत्महत्या
धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आफूले समेत आत्महत्या गरेका छन् । बुधवार राति निगालेका ३५ वर्षीय टिकाराम गुरुङले ३६ वर्षीया श्रीमती भीमा गुरुङ र १० वर्षीय छोरा आयुस गुरुङको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सुकुमवासीले पाए जग्गा
पाँचखपन नगरपालिकाका २६ सुकुमवासी परिवारले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुमवासीलाई जग्गा उपलब्ध गराएको हो । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाका अध्यक्ष शङ्करमान कँडेलको अध्यक्षता तथा सङ्घीय सांसद दीपक खड्काको विशेष उपस्थितिमा आयोजित कार्यव्रmममा जग्गाधनी पुर्जा वितरण गरियो । भूमिहीन तथा सुकुमवासी छनोटका विभिन्न चरण पार गरेकालाई जग्गा उपलब्ध गराइएको पाँचखपन नगरपालिकाका प्रमुख विपिन राईले जानकारी दिनुभयो ।
बनेन गाईघाट–फत्तेपुर सडक
निर्माणाधीन गाईघाट–फत्तेपुर सडकको काम बजेट अभावमा अलपत्र परेको छ । सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम अहिले रकम अभाव हुँदा अलपत्र परेको हो ।
काँग्रेसले महासमिति बैठकमा विधान संशोधन प्रस्ताव लाने
नेपाली काङ्ग्रेस मोरङको पहिलो जिल्ला सम्मेलनले पार्टीको विधानमा भएका विभिन्न व्यवस्था संशोधनको प्रस्ताव गरेको छ । बुधवार राति मोरङको सुन्दरहरैँचा–९ विराट चौकमा सम्पन्न भएको जिल्ला सम्मेलनले पारित गरेको संशोधन प्रस्ताव मोरङ काङ्ग्रेसले आगामी पुसमा हुने महासमिति बैठकमा टेबल गर्ने मोरङ काङ्ग्रेसका सभापति एवम् सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बताउनुभयो ।