दसैँ तिहारमा साढे ६१ हजार भक्तजनले गरे पाथीभराको दर्शन
दसैँ, तिहार र छठको अवधिमा साढे एकसट्ठी हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन्। दसैँको घटस्थापनादेखि तिहार र छठ पर्व सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दसैँ र तिहारको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य मौसम (सिजन) मानिन्छ।
झोला उद्योगमा फष्टाएकी व्यवसायी आचार्य
‘एक महिने शिशु साथमा एक्लो जिन्दगी । रोएर आँसु रित्तियो, शिशुको भविष्य सुन्दर बनाउने जिम्मेवारी, अहिले सपनाजस्तै लाग्छ’ इलाम नगरपालिका–९ की दिपा आचार्य ढकाललाई । अहिले त छोरा युकेश ढकाल पनि १८ वर्षको भइसक्नु भएको छ ।
दधिराज सुवेदी पुरस्कार श्रेष्ठ र झालाई प्रदान गरिने
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरबाट प्रत्येक वर्ष प्रदान गरिने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार २०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने भएको छ ।
भोजपुर सदरमुकाममा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण
भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण सम्पन्न भएको छ । रङ्गशालाका लागि आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निर्माण सम्पन्नसँगै रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको हो ।
हात्तीको आक्रमणमा भुटानी शरणार्थी वृद्धको मृत्यु
झापाको दमकमा हात्तीको आक्रमणमा परेर ७२ वर्षीय एक भुटानी शरणार्थी वृद्धको ज्यान गएको छ । मङ्गलवार बिहान ११ बजेबाट हराई रहेका वृद्ध पदमलाल तामाङ शव स्थानीय हम्सेदुम्से सामुदायिक वनको जङ्गलभित्र बिभत्स अवस्थामा भेटिएको हो ।
‘आपसी सहयोगलाई प्राथमिकतामा राखेर काम गर्छु’
ताप्लेजुङमा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी भएर आउनुभएकी हिरादेवी पौडेलले आपसी सहयोगलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ ।
कम तौल भएको सुविधा ग्यासले तिर्याे दुई लाख जरिवाना
सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्यास)लाई दुई लाख रुपियाँ जरिवाना तिराएको छ ।
ठेला व्यापारी सरलको मासिक चार लाख बढी कमाइ
दैनिक हजारौँको सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारमा बिदेसिइरहेको अवस्थामा धरानका २९ वर्षीय सरल राई ठेलाबाटै खाजा बेचेर पाँच जनाको परिवार पाल्दै आउनुभएको छ । दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।
बायो ग्यास प्रयोग गर्न प्रोत्साहन गर्दै धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाका करिब सय परिवार कृषकले अहिले एलपी ग्यासको विकल्पमा बायो ग्यासको होम सिस्टम प्रयोग गर्दै आएका छन् । गाई भैँसीको गोबर तथा कुहिने फोहोरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर यो प्रविधि रुचाउन थालेका हुन् ।
शान्ति, अहिंसा र सदाचारका लागि सामूहिक मौन ब्रत
अशान्ति र हिंसाबिरुद्ध सन्देश दिन तथा शान्ति सदाचार र प्राणीजगतको रक्षार्थ प्रार्थना गर्दै नेपाल–भारतका विभिन्न स्थानबाट आएका बौद्व धर्मावलम्बीले पाँचथरको फालेलुङ गाउँपालिका –१ मा अवस्थित आगेजुङ गुम्बामा मौन ब्रत सुरु गरेका छन् ।
उर्लाबारी आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु
मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
६ करोडभन्दा बढी राजस्व सङ्कलन
करदाता सेवा कार्यालय ओखलढुङ्गाले चार महिनाको अवधिमा छ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
सभामुख घिमिरेद्वारा ३०१ जनालाई लौरो वितरण
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे यो पटक निर्वाचन क्षेत्रमा आउँदा मुख्य कार्यक्रम नै आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकहरूलाई लौरो वितरण रहेको पाइएको छ । उहाँको तीन दिने गृह जिल्ला झापा भ्रमणमा दुई दिन लौरो वितरण कार्यक्रममा सहभागी बन्नु भयो ।
चौँरी बिक्री नहुँदा सास्ती
जङ्गलको बीचमा वर्षौँदेखि व्यावसायिक चौँरीपालन गरिरहेका मिक्वाखोला गाउँपालिका–५ का ४६ वर्षीय मिलनदोर्जे शेर्पा । त्यहाँ मानव बस्ती, सडक, बिजुली, सञ्चारको पहुँच छैन । अनकन्टार जङ्गलको बीचमा एकोहोरो कुकुर भुकेको आवाजमात्रै सुनिन्छ । चकमन्न जङ्गलको बीचमा छाप्रो अनि सँगै फैलिएको विशाल चौँरीखर्क । कलकल सुसाइरहेको हिमाली खोल्सो । चाँदीजस्तै टल्किने हिमालका चुचुरा नियाल्दै उहाँको दिन बितिरहेको छ ।
उर्लाबारी आगलागी अपडेट : घाइतेमध्ये ६ को अवस्था जटिल
मोरङको उर्लाबारी आगलागीमा उपचाररत घाइते बिरामीमध्ये छ जनाको अवस्था जटिल छ । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइतेमध्ये छ जना घाइतेको अवस्था गम्भीर रहेको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजीना ताम्राकारले जानकारी दिनुभयो ।
माइभ्याली गोल्डकप धकेलियो, इलाम गोल्डकप माघमा
इलाममा बर्सेनि हुँदै आएको माइभ्याली गोल्डकप प्रतियोगिता यो वर्ष तोकिएको तालिकाभन्दा पछाडि धकेलिएको छ । इलाममै अर्को प्रतियोगिता इलाम गोल्डकपको तालिका सार्वजनिक भएसँगै माइभ्यालीलाई पछि सारिएको हो ।
सहिद चन्द्र मार्गको शिलान्यास
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्र मार्गको आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शिलान्यास गर्नुभएको छ ।
बिरालो मार्न निस्केका हरि मृत फेला
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैँले खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
इलामको रोङ गाउँपालिका–३ कोल्बुङको अर्याल चोकमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
ब्याटमिन्टन खेलमा चम्किएको तामाङ परिवार
भोजपुर नगरपालिका –७ डाँडागाउँका दानबहादुर तामाङको घर शिल्ड, मेडल, ट्रफीलगायत पुरस्कारले भरिएको छ । संघर्ष जिवनको लक्ष्य प्राप्तीको आधार हो भनेझै दानबहादुरले खेल क्षेत्रका बलियो आधार बन्नुभएको छ ।
आगलागीबाट १५ लाख बराबरको क्षति
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
पाँच वर्षमा समृद्ध नगर बन्ने छ
उत्तरी मोरङको लेटाङ नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण नगरपालिका हो । गुराँस फुल्ने डाँडादेखि साल फुल्ने समथर भूभाग रहेको लेटाङ नगरपालिकाले पर्यटन र कृषि उत्पादनका माध्यमले आर्थिक समृद्धि खोजिरहेको छ । यस नगरपालिकाका सम्भावना र चुनौतीबारे लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीसँग गोरखापत्रका हरिप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । लेटाङ नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएपछि यो डेढ वर्षको अवधिमा भएका प्रमुख काम के के हु
तमोरको मोटरेबल पुल निर्माण कार्य अलपत्र
मोर कोरिडोरअन्तर्गत पाँचथर र ताप्लेजुङ जोड्नेगरी तमोर नदीमा सुरु गरिएको पक्की मोटरेवल पुल निर्माणको काम अलपत्र परेको छ । आजभन्दा करिब ६ वर्षअघि ठेक्का सम्झौता भई सुरु गरिएको पुल निर्माणको कामलाई निरन्तरता नदिँदा निर्माण कार्य अलपत्र परेको हो ।
रोङमा बस दुर्घटना : एकको मृत्यु, ३७ घाइते
इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।