• १३ असोज २०८१, आइतबार

रुम्जाटारले जित्यो राष्ट्रपति रनिङ शिल्ड उपाधि

blog

उपाधि विजेता रुम्जाटार टोली । तस्बिर : गोरखापत्र

शेरबहादुर राई

ओखलढुङ्गा, माघ ७ गते । सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले जितेको छ । प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ कांस्य गरी ६८ पदकसहित रुम्जाटारले उपाधि जितेको हो । 

प्रतियोगितामा १८ स्वर्ण, २६ रजत र ६ कांस्य गरी ५० पदक जित्दै लालीगुराँस इङ्लिस स्कुल दोस्रो भएको छ । १० स्वर्ण, १६ रजत र तीन कांस्यसहित २९ पदक जितेको सगरमाथा जनता माध्यमिक विद्यालय तेस्रो भएको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ । 

तर, सगरमाथा जनता माध्यमिक विद्यालयले आयोजक र निर्णायकबाट धाँधली भएको आरोप लगाउँदै सेमिफाइनल र फाइनल चरणका खेलहरू बहिस्कार गरेको थियो । प्रतियोगितामा नगरपालिकाका १८ वटा माध्यमिक तहका विद्यालयको सहभागिता रहेको थियो । यसैबिच जिल्लाका आठ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएका छन् ।