अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित
खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।
कार्यालय सार्न लागेको विरोधमा आन्दोलन घोषणा
धनकुटा सदरमुकामबाट तथ्याङ्क कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै धनकुटाका राजनीतिक दलले आन्दोलन घोषणा गरेका छन् ।
इलामका लेकाली क्षेत्रका किसानलाई आलु रोप्न धमाधम
सूर्योदय नगरपालिका-१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् ।
अध्यादेश फिर्ता लिन नेकपा एमाले संसदीय दलकाे आग्रह
कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिन नेकपा एमाले संसदीय दलले आग्रह गरेको छ ।
नाबालक सहित बेपत्ता महिला मृत फेला
माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङवरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिनुभएको छ ।
धनकुटाका दुध किसानले पाएनन् नौ करोड ७० लाख
धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामिप्तोको दुग्ध बिकास संस्थानवाट रकम भुक्तानी नपाएको पाँच महिना भयो । साउन महिनाको १५ गते सम्मको भुक्तानी पाएको सस्थाले त्यस यता एक रुपैया पनि पाएको छैन ।
किसानलाई प्रोत्साहन दिइँदै छ
पाँचथरको फाल्गुनन्द गाउँपालिका इलामको देउमाई र पाँचथरको फिदिम नगरपालिका तथा पाँचथरकै कुम्मायक र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।उर्वर फाल्गुनन्द गाउँपालिकाको प्रमुख आयस्रोत धान, मकै, तोरी, दाल र को
वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो ।
अरुण नदीमा जेटबोटले भोजपुरको यात्रा सहज
भोजपुरको दक्षिणी क्षेत्रका नागरिकलाई सडकका माध्यमबाट तराईका जिल्ला पुग्न निकै कठिन हुने गरेको थियो ।
मोरङमा १२ वर्षपछि हात्तीपाइले रोग निवारण
मोरङमा हात्तीपाइले रोग निवारण भएको छ । रोग निवारण गर्ने उद्देश्य राखेर औषधी सेवन अभियान सुरु गरेको १२ वर्षपछि जिल्लाबाट हात्तीपाइले रोग निवारण भएको हो ।
करोडौँ खर्चमा निर्मित संरचनाको स्वामित्व समस्या
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनीले मेचीनगर नगरपालिकालाई जग्गा हस्तान्तरणको विषय वर्षौंदेखि अल्झेको जनाउँदै सो विषयमा सहरी विकासमन्त्री सीता गुरुङको ध्यानाकर्षण गराएको छ । मेचीनगर न
चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका
गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाउनुभयो । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ
तमोर करिडोर कालोपत्रका लागि बजेट अभाव
पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो ।
काउलीमा फक्रियो रङ्गीन सपना
कोपी अर्थात् काउली भन्नेबित्तिकै हरिया ठुला पातका बिचमा सेतो ठुलो र खँदिलो फूल फुल्ने तरकारीको चित्र आउँछ । सेतोबाहेक रातो, पहेँला रङका काउली पनि हुन्छन् भन्ने कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । भोजपुरका एक युवकले सुनौलो, बैजनी र खैरोलगायतका रङका काउली उत्पादन गरेर धेरैलाई अचम्ममा पार्नुभएको छ ।
मृगौलाको नि:शुल्क स्वास्थ्य परिक्षण
त्रियुगा नगरपालिकाको वडा नं ३ स्थित भुल्केमा भएको दूईदिने मृगौला परिक्षण शिविरमा दुईसय ७३ जना स्थानीयले नि:शुल्क स्वास्थ्य सेवा पाउनुभएको भएको छ ।
दोस्रो संस्करणको मेयर लिग माघ १६ गतेबाट
‘खेलकुद हाम्रो सान खेलाडि उत्पादन गर्ने हाम्रो अभियान’ नारासहित वराहक्षेत्र नगरपालिकामा माघ १६ गतेबाट दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग सुरु हुनेभएको छ ।
हरिवनबाट आठ जना जुवाडे पक्राउ
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय शियाराम महतोको एक कोठे पक्की घरमा जुवातास खेलिरहेका अवस्थामा आठ जनालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
इलाम भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि
इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।
जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुआत गरेको बताउनुभएको छ ।
सहकारी ठगी आरोपमा कोषाध्यक्ष नेम्वाङ पक्राउ
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्नुहुने वर्ष ४८ का नेत्रबहादुर नेम्वाङ (नरेश)लाई प्रहरीले पक्राउ गरेको हो ।
आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई
संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।
पर्यटक तान्दै पाहुनाघर
फिदिम २ मा निर्मित पाहुनाघर (तरेवा हिम) आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । फिदिमदेखि १२ किलोमिटर दुरीमा अवस्थित यो घर उच्च स्थानमा रहनुका साथै कलात्मक र मौलिक भएकाले घुमघामका पारखीका लागि आकर्षणको केन्द्रबिन्दु बनेको हो ।
धरानका चारधाम
धरानस्थित विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुर सुन्दर र प्रकृतिले धनी छ । विजयपुर नेपालको चारधामको नामले चिनिन्छ; जहा“ एकै स्थलमा पैदल यात्रा गरेर दर्शन गर्न सकिन्छ । चार शक्तिपीठ पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा र पञ्चकन्या हुन् । विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर महादेवको मन्दिर, बिच भागमा दन्तकाली मन्दिर र उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ अलिक उच्च स्थानमा पञ्चकन्या मन्दिर रहेको छ । पञ्चकन्या मन्दिरको उत्तरपूर्वी भागको उच्च स्थानमा विजयपुरे अन्तिम राजा बुद्धिकर्ण सेन अर्थात् भताभुङ्ग दरबारको अवशेष देख्न सकिन्छ । उक्त सानो स्थान तारले घेरिएको छ, भित्र केही इँटा तथा ढुङ्गा देखिन्छ
पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन
इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।