कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गरिने
जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।
तराईका ताल र सिम क्षेत्रमा देखिन थाले पाहुना जल पन्छी
कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका सिम क्षेत्र र तालहरूमा हिउँद लागेसँगै सिम क्षेत्रमा पाइने चराहरू देखिन थालेका छन् । हिमाल पारिका देशबाट जाडो छल्न पानी चराहरु कोशी टप्पु आरक्ष हुँदै तराईका नदी, खोला र तालहरूमा देखिन थालेका हुन् ।
धनकुटामा वाडाङ्मी र पापनीको रौनक
धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।
सांसद खड्का चढेको गाडी दुर्घटनाले धरान–धनकुटा सडक नै अवरुद्ध
प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक अवरुद्ध भएको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।
रैथाने उत्पादनले पर्यटक पल्कायो
ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गर्नुभएकी पोखरा लेखनाथ चौककी पवित्रा अधिकारीको गाडी पाँचथरस्थित राँके बजार आइपुगेर टक्क रोकियो ।
तेह्रथुमलाई हराउँदै पाँचथर किराँत गोल्डकपको सेमिफाइनलमा
प्रतिस्पर्धी मितेरी फुटबल क्लब तेह्रथुमलाई हराउँदै आयोजक पाँचथर फुटबल क्लब किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पाथीभरा क्षेत्रको सर्वपक्षीय अनुगमन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो।
ताप्लेजुङमा भलिबल प्रतियोगिता
ताप्लेजुङमा अन्तर्राष्ट्रियस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ। जिल्लाको मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभानमा लाग्ने पुसेमेला स्वर्ण महोत्सवको अवसरमा प्रतिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।