• ४ जेठ २०८१, शुक्रबार

आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई

blog

बुवाको किरिया पुत्री बस्नु भएकी पूर्व सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर: गोरखापत्र

राजकुमार भट्टराई 

खोटाङ, माघ १३ गते । संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।

बुवा रुद्रकुमार राईको ८७ वर्षको उमेरमा बिहीबार राति काठमाडौँमा निधन भएको थियो । शुक्रवार पशुपति इलेक्ट्रिक शव दाह गृहमा दागबत्ती दिएर बुवाको अन्तिम संस्कार गरेपछि कपाल मुण्डन गरेर नेतृ राई काठमाडौँस्थित घरमा हिन्दु परम्पराअनुसार बुबाको किरिया पुत्री बस्नुभएको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनु भएका स्व. रुद्रकुमार पञ्चायतकलामा प्रधानपञ्च हुनुहुन्थ्यो । ०४८ सालमा बहुदल आएपछि उहाँ एमालेको पहिलो जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो । स्व. राईको एक मात्र सन्तान पूर्व सामाजिक विकास मन्त्री उषाकला हुनुहुन्छ । जस कारण छोराको रूपमा आफ्नो बुवाको काज किरियामा अघि सर्नुभएको हो । 

०७५ सालमा आमा लक्ष्मी राईको निधन हुँदा पनि उषाकला कपाल मुण्डन गरेर १३ दिन किरिया पुत्री बस्नुभएको थियो ।