• ६ जेठ २०८१, आइतबार

हरिवनबाट आठ जना जुवाडे पक्राउ

blog

जुवातास खेलिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएकाहरु । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, माघ १३ गते ।
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय शियाराम महतोको एक कोठे पक्की घरमा जुवातास खेलिरहेका अवस्थामा आठ जनालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ५ का ४५ वर्षीय शियाराम महतो, ३८ वर्षीय मोहन फूँयाल, हरिवन नगरपालिका ६ का ३४ वर्षीय अशोक कुमार राई, ३९ वर्षीय हर्कमान तामाङ, २६ वर्षीय साजनकुमार मोक्तान, ३५ वर्षीय श्रवणकुमार सिंह, हरिवन नगरपालिका ७ पत्थरकोटियाका ५० वर्षीय निर्मलकुमार घिसिङ र लालबन्दी नगरपालिका ७ का ५२ वर्षीय श्रीनारायण साह रहेका छन् ।

जुवाको खालबाट ३८ हजार ४१० रुपियाँ नगद, आठ थान मोवाइल, एक थान चेक बुक, नौ बुक नखोलेको तास र जुवाडेहरुले खेलिरहेका ३३१ पत्ती तास बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । सो स्थानमा पेशेवर जुवाडेले बारम्बार जुवा खेल्ने गरेको सूचना प्रहरीलाई पहिलेदेखि नै आइरहेको थियो ।