• २० वैशाख २०८१, बिहिबार

नाबालक सहित बेपत्ता महिला मृत फेला

blog

मृतक २६ वर्षीया यमुना भुर्तेल चापागाईं। तस्बिर : यमुना भुर्तेल चापागाईंकाे फेसबुकबाट ।

राधा लुइँटेल 

फिदिम, माघ १५ गते । माघ १४ गतेदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिनुभएको छ । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव आज तमोर नदी किनारमा भेटिएको हो ।

आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा शव भेटिएको हो । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

आइतबार बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँड्नुभएकी उहाँ साझसम्म नफर्केपछि उहाँका श्रीमान् डिल्ली चापागाईँले निवेदन दिनुभएको प्रहरी नायब निरीक्षक लिम्बूले बताउनुभयो ।

चापागाईँले बोक्ने मोबाइल र लगाएको केही कपडा भने आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

यस्तै, २५ दिनका नाबालक छोरा होम प्रसाद चापागाईँको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।