गोरखापत्रकर्मी यादवसहित तीन पत्रकार पुरस्कृत
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्पोर्ट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
नेत्रज्योति संघलाई भवन हस्तान्तरण
स्तरोन्नती तथा प्रवलीकरणको काम सम्पन्न भएसँगै नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङलाई भवन हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्त्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो ।
'बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता'
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।
रौतामाई गाउँपालिकाका माग सरकारले सम्बोधन गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्नुभएको छ । उदयपुरको रौतामाई गाउँपा
भोजपुर अस्पतालको नर्सिङ आवास भवन निर्माण
जिल्ला अस्पतालको नर्सिङ आवास भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटबाहेक दुई करोड ८५ लाख ८४ हजार सात सय २२ लागतमा निर्माण सम्पन्न भएको हो ।
अर्गानिक खेतीतर्फ फर्कँदै किसान
पछिल्लो समय सुनसरीको रामधुनी नगरपालिकाका किसानहरूलाई गाउँमै जैविक तथा वानस्पतिक विषादी (झोल मल) बनाउने तालिम दिएपछि किसानहरू अर्गानिक खेतीतिर फर्कन थालेका छन् ।
फाप्लुमै मोतिविन्दुको शल्यक्रिया
हिमाली जिल्ला सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।
निःशुल्क उपचार कार्यान्वयन भएन
१० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवाका लागि सरकारसँग सम्झौता गरेको नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल विराटनगरले सेवाग्राहीसँग भने रकम असुल गरेको छ । माघ १५ गतेदेखि कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने निजी अस्पतालसँग गरेको सम्झौताविपरीत माघ १६ गतेपछि अ
घर निर्माणमा मुख्यमन्त्रीको श्रमदान
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुव्रmबार बिहान विराटनगर–१६, दरैयाका सागर राईको घर निर्माणमा श्रमदान गर्नुभएको छ । विपन्न असहाय पाँच जनाको परिवारलाई बस्नका लागि आवासको अभाव भएपछि मुख्यमन्त्री कार्कीसहितको उपस्थितिमा श्रमदानमार्फत घर निर्माण गरिएको हो ।
बुद्ध शान्तिमा श्रमिकको हत्या
झापाको बुद्ध शान्तिमा एक जना श्रमिकको हत्या भएको छ । बुद्ध शान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर नागी गाउँपालिका २ घर भएका अन्दाजी ३५ वर्षीय विक्रम सेनेहाङलाई झापा शिवसताक्षी ८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेका हुन् ।
बजारका आठ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’
पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका ९ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।
बरुण नदीमा विद्युत उत्पादनमा रोक लगाउन माग
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको बरुण नदीबाट विद्युत उत्पादन गर्ने भएपछि यस नदीको अस्तित्व खतरामा पर्ने भएको छ ।
छ महिनामा एक करोड छ लाख राजस्व सङ्कलन
मालपोत कार्यालय ताप्लेजुङले पछिल्लो छ महिनाको अवधिमा एक करोड छ लाख रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ।
कृषकको गुनासो : परिश्रमको फल मिलेन
धनकुटाको पाख्रिवास नगरपालिका –४ का कृषक ताराबहादुर कार्कीले आफ्नो बारीमा १० किलोसम्मको मूला फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गर्नुभएको छ ।
प्रधानाध्यापक दम्पतीद्वारा अक्षयकोष स्थापना
पाँचथरमा पूर्व प्रधानाध्यापक दम्पतीले अङ्ग्रेजी माध्यम विस्तारका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
भोजपुरको दुर्गम हतुवागढीको बारीगाउँमा बिजुली
बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् ।
तीन करोड लिएर ठेकेदार बेपत्ता,अस्पताल निर्माण अलपत्र
अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।
हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो ।
सात पूर्वप्रधानमन्त्रीको नाममा बन्दै पार्क
विराटनगर महानगरपालिका–२ र ७ को सिमाना घोघाहा खद्रापैनीलाई घेरेर दिवङ्गत सात जना पूर्वप्रधानमन्त्रीको नाममा पार्क निर्माणको काम धमाधम भइरहेको छ । घोघाहा पैनी घुमे जस्तै दुईतर्फ पर्खालले घेरेर डेढ किलोमिटर दुरीमा प्रधानमन्त्री पार्क निर्माण गरिएको हो । विराटनगर–२, शनिहाटको महेन्द्र रात्रि मावि उत्तरतर्फबाट सुरु भएको खद्रालाई ‘ड्रेन’ मार्फत सिङ्घिया खोलामा जोडिएको छ । ड्रेनबाहेकको बाँकी खाली जग्गामा प्रधानमन्त्री पार्क निर्माणको काम धमाधम भइरहेको छ ।
श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ
झापाको दमकमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ परेका छन् । दमक नगरपालिका–७ का ३४ वर्षीय विनोद राईले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगिता मोरङमा
दोस्रो राष्ट्रिय डोरीतान (टग अफ वार) प्रतियोगिता फागुन १८ र १९ गते मोरङमा हुने भएको छ ।
कोशी प्रदेशमा सीमा सुरक्षा तथा व्यवस्थापन प्रभावकारी बन्दै
भारत र चीनसँग सीमा जोडिएको कोशी प्रदेशमा शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा इलाका र सीमा स्तम्भहरूको रेखदेख तथा राजश्व सङ्कलन, चोरी, अवैध निकासी पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) निर्माण कार्यले गति लिएको छ ।
थुलुङ दूधकोशीमा कफीको न्यूनतम समर्थन मूल्य निर्धारण
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो ।