जयकृष्ण यादव
इनरुवा, माघ २० गते । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको १० औं हिसान स्पोर्ट मिटको अवसर पारेर गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवसहित तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
हिसान सुनसरीको इटहरीस्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गोरखापत्रकर्मी यादवसहित पत्रकार अर्जुन सुवेदी र भोजराज श्रेष्ठ पुरस्कृत हुनुभयो । तीनै जनालाई प्रदान गरिएको पुरस्कारको राशी जनही नगद १० हजार रुपियाँ रहेको छ ।
हिसानका सुनसरी अध्यक्ष सागरप्रसाद भट्टराई र प्रमुख अथिति युवराज शर्माले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो । पत्रकार यादव २०६१ सालदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यादवको कामको कदर गर्दै सो पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।
यसअघि सुनसरी हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुविद गुरागाई, हिसान शिक्षा पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा हिसानका सचिव हेमन्द भण्डारी, इटहरी शिक्षा महाशाखा प्रमुख, केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, गंगा चौलागाई, बलराम पन्त, कोशी प्रदेश अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष गणेश दुलालको उपस्थिति थियो ।