बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख ९ गते । झापाको बिर्तामोडको एक सुधार केन्द्रमा रहेकी एक महिलाको शौचालयमा लडेर ज्यान गएको बताइएको छ ।
बिर्तामोडस्थित क्षितिज महिला विकास समाज सुधार केन्द्रको शौचालयमा लडेर घाइते हुनुभएको इलाम नगरपालिका–४ बरबोटे बस्ने ५० वर्षीया जीवनकला काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोमबार राति शौचालय जानुभएको काफ्ले शौचालयमा नै बेहोस अवस्थामा लडेको भेटिएपछि तत्कालै उपचारका लागि बिर्तामोडस्थित मनोमोहन अस्पताल पुर्याइएको र त्यहाँ उपचार हुन नसकेपछि बिएण्डसी पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । काफ्ले तीन महिना अघिदेखि सुधार केन्द्रमा रहनुभएको थियो ।