स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख ९ गते। मकवानपुर प्रहरीले २२५ बोतल लागुऔषध अनरेक्ससहित सुमो र चालकलाई नियन्त्रणमा लिएको छ।
मंगबार बिहान अन्दाजी ६:५ बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सवारी चेकजाँच गर्ने क्रममा बाराको अमलेखगञ्जबाट काठमाडौँतर्फ जानको लागि हेटौंडा आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको सूमोसहित चालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–९ बस्ने २४ वर्षीय मुम्ताज मिया रहेका छन्।
मियाले सूमोको छतमा टायर राखी उक्त टायरभित्र प्वाल पारी दुई सय २५ बोत्तल अनरेक्स लुकाइछिपाई ल्याएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।