कोशीमा चार मन्त्री र दुई राज्यमन्त्रीको शपथ : सरकारले पायो पूर्णता
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले चार महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको छ। शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरी मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो।
विमानस्थल बनाउनभन्दा चलाउन कठिन : मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम तत्काल अगाडि बढाउने बताउनुभएको छ ।
कोशी सरकार र पहिचान पक्षधरबिच सहमति
कोशी प्रदेश सरकार र प्रदेश १ को पुनः नामकरण संयुक्त सघ्घर्ष समितिबिच भएको वार्तामा आज पाँचबुँदे सहमति भएको छ ।
आँखा उपचार केन्द्र दोभानको भवन निर्माण
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभानमा सञ्चालित आँखा उपचार केन्द्रको आफ्नै भवन निर्माण गरिएको छ ।
चिराइतो मूल्य बढ्दो, उत्पादन घट्दाे
पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन ।
वनमै थन्किए रुख
धनकुटा नगरपालिका–१, सुकेपोखरीस्थित संसारी सुकेपोखरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत करिब पाँच हेक्टर क्षेत्रफलमा करिब एक हजार पाँच सयभन्दा बढी उत्तिसका रुख छन् । सबै रुख करिब ४२ वर्षमाथिका छन् ।
विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी
इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल
सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो । सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहले स्थान परिवर्तन गरेर पुल निर्माणको काम भइरहेको फेला परेको जानकारी दिनुभयो । कागजात अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/७४ मा बजेट विनियोजन गरेर निर्माणको काम सुरु गरिएको थियो । छ करोड १८ लाख रुपियाँको लागतमा शङ्करमाली किरातेश्वर जेभी कोटेश्वर काठमाडौँसँग २०७४ भदौ १९ गते निर्माण सम्झौता भएको थियो ।
भारतीय सिक्का धमाधम गणना हुँदै
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सङ्कलन भएको भारतीय (भारु) सिक्का गणना गर्न थालिएको छ। पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको भारतीय सिक्का रकम पहिलो पटक गणना गर्न थालिएको हो।
भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै
सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।
महिलालाई नौमती बाजा बजाउने तालिम
शिवसताक्षी नगरपालिकाले नौमती बाजाको संरक्षण र प्रवर्धनका लागि महिलालाई नौमती बाजा बजाउने तालिम सुरु गरेको छ ।
विद्यालय व्यवस्थापन समिति पदाधिकारीलाई तालिम
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई क्षमता विकास तालिम प्रदान गरेको छ। पालिकाभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति पदाधिकारीलाई गाउँपालिकाले दुई दिने तालिम प्रदान गरेको हो।
ससुराली बस्दै आएका खड्का मृत फेला
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन् । पाँचथर याङ्वरक गाउँपालिका–२ थर्पु घर भई हाल सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित ससुराली घर बस्दै आएको ३३ वर्षीय हरि खड्का बिहीबार बिहान मृत फेला पर्नुभएको हो ।
धनकुटामा ‘स्वच्छ भान्सा’ कार्यक्रम
धनकुटाको दुई स्थानीय तहमा धुवाँरहित स्वच्छ भान्सा निर्माणका लागि विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा धुवाँरहित भान्सा बनाउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा आएको हो ।
छोरी कुट्ने बुबा धरौटीमा रिहा
आफ्नी छोरीलाई निर्घात कुटपिट गरेको आरोपमा पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरले महोत्तरी एकडाँडा गाउँपालिका-३ घर भई हाल हेटौँडा-५, सिँचाइ टोल बस्ने २७ वर्षीय रामजी मण्डललाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु
सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हो ।
खुल्न थाले तमोर करिडोरमा नयाँ होटल
सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटर तमोर करिडोर आयोजनाअन्तर्गत धनकुटाको मूलघाटबाट पाँचथरसम्मको एक सय १२ किमी सडक गत वर्षदेखि कालोपत्र हुने चरणमा छ
शान्तिसुरक्षामा कुनै सम्झौता हुनु हुँदैन
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रहरीको अधिकार क्षेत्रप्रति प्रतिबद्ध भएर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी प्रमुख जिम्मेवारी पाएपछि पहिलो पटक ताप्लेजुङ आउनुभएका प्रहरी नायव महानिरीक्षक खापुङले स्थानीय पत्रकारसँगको भेटमा प्रहरीको जिम्मेवारी अनुसारको अधिकारलाई इमानदारीका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्ने निर्णय सर्वोच्चले गर्यो बदर
सर्वोच्च अदालतले गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ।
दूधकुण्ड पोखरी
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–१ मा अवस्थित दूधकुण्ड पोखरी । पुर्वी नेपालकै धार्मिक तथा पर्यटकीय हिसाबले निक्कै प्रख्यात यो पोखरी समुन्द्री सतहबाट चार हजार ५३१ मिटरको उचाईमा रहेको छ ।
समयमा बिक्री नहुँदा काम नलाग्ने बन्यो गोलिया काठ
ताप्लेजुङमा समयमा लिलाम बिक्री नहुँदा लाखौँ मूल्य बराबरको गोलिया काठ सडिएको छ। पटक–पटक लिलाम बिक्रीको प्रक्रियामार्फत काठ खरिद गर्न आह्वान गरे पनि कसैले खरिद नगरेपछि राखेकै ठाउँमा गोलिया काठ सडिँदै गएको हो।
वनमा लागेको डढेलोले घर जल्यो
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा वनमा लागेको डढेलोले एक घर जलेर नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा वनमा लागेको डढेलोले मङ्गलबार एकघर जलेर नष्ट भएको हो ।
चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली
चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिनुभयो ।
अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । झापाको लखनपुर (दमक सबस्टेसन) देखि अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न यो लाइन निर्माण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली कोरिडोर सञ्चालनमा छ ।