गोदामघर आगलागी अपडेट : दुई जनाको मृत्यु
विराटनगर –७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा भएको आगलागी घटनामा दुई जनाको ज्यान गएको छ ।
कवाडी गोदाममा आगो लाग्दा पाँच जना घाइते
विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको कवाडी गोदाममा आगो लागेको छ। आगलागीमा परेर घाइते भएका पाँच जनालाई प्रहरीले उद्धार गरेको छ।
ताप्लेजुङ सिफारिस भएका शिक्षकलाई नियुक्तिपत्र प्रदान
खुला प्रतिस्पर्धाबाट छनोट भई ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका शिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको छ ।
आँखा जाँच गरिएकामध्ये १२ प्रतिशतमा मोतिबिन्दु
झापाको कमल गाउँपालिकामा आयोजित आँखा शिविरमा आँखाको जाँच गरिएकामध्ये १२ प्रतिशतभन्दा बढीमा मोतिबिन्दु फेला परेको छ । स्थानीय इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाले २७ औं स्थापना दिवसको अवसरमा गरेको आँखा शिविरमा यस्तो भेटिएको हो ।
राजनीतिक दललाई विद्यालयका कक्षाकाेठा प्रयोग गर्न नदिने
झापाको कमल गाउँपालिकाले विद्यालय हल तथा कोठाहरू कुनै पनि राजनीतिक दलहरूलाई कार्यक्रम गर्न तथा बैठक बस्न उपलब्ध नगराउने निर्णय गरेको छ ।
‘नहुने भो राजा र रानीको भेट’
“अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भन्नुभयो, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय गन्तव्य भन्नेबित्तिकै राजारानीमा रहेको राजारानी ताल पहिलो पङ्क्तिमा नाम आउँछ ।
जङ्गली हात्ती नियन्त्रण गर्न सभामुख घिमिरेको निर्देशन
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पछिल्लो समयमा झापासहित पूर्वी नेपालमा जङ्गली हात्तीका कारण भएको समस्या सामधानका लागि चासो राख्नुभएको छ।
भीरमा लडेर परियारको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ५४ वर्षीय बुद्धिमान परियारको भीरमा लडेर मृत्यु भएको हो ।
हात्तीसँगै रत्तिएका छन् गैँडा
पूर्व नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षमा दुई महिनाअघि मात्र चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी ल्याइएका पुष्पा र अञ्जली नामका दुई वटा पोथी गैँडा त्यहाँस्थित कोशीकली र कुसाहाकली नामका दुई वटा हात्तीसँगै रत्तिएका छन् ।