एउटा मान्छेलाई ढुङ्गाले हानेर पहिचान स्थापित हुन्न : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर वा ढुङ्गाले हानेर कोही पनि पहिचानवादी बन्न नसक्ने र पहिचान स्थापित नहुने बताउनुभएको छ।
सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व : प्रमुख आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना प्रदान गर्नु हरेक सरकारी निकायको दायित्व भएको बताउनुभएको छ । यसका लागि सजग हुन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
इलाम अस्पताल छेउमा लागेको आगो नियन्त्रणमा
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
सूर्यकुण्डको खानेपानी समस्यालाई समाधान गर्ने
वराहक्षेत्र नगरपालिका–१ सूर्यकुण्ड क्षेत्रमा गाउँले भोग्दै आएको खानेपानीको समस्यालाई समाधान गर्न स्थानीय सरकार लागि परेको छ ।
एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश
नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
अलैँचीको मूल्य बढ्यो
सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ ।
इलाम अस्पताल छेउमा आगलागी, नियन्त्रण प्रयास जारी
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्सा घरमा आगलागी भएको हो ।
मुख्यमन्त्री कार्की सवार कारमाथि ढुङ्गा प्रहार
झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न माग
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारको क्षेत्रमा कार्यरत लिड नेपाल झापाले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सरोकारवाला निकायहरुको ध्यानकर्षण गराउँदै आफ्ना मागहरु सार्वजनिक गरेको छ ।
उर्लाबारीमा चासोक तङ्नामको तयारी
लिम्बू समुदायको मुख्य पर्व चासोक तङ्नामको तयारी सुरु गरिएको छ ।
बिपी प्रतिष्ठानमा थ्री डी चाल विश्लेषण प्रयोगशाला
धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालकै पहिलो थ्री डी चाल विश्लेषण प्रयोगशाला स्थापना भएको छ । सोमबार जेनेभा युनिभर्सिटी हस्पिटल्स, स्विट्जरल्यान्डको सहयोगमा
धार्मिक स्थलमा बालाचतुर्दशी मेला
खोटाङको हलेसीसँगै पाँच धार्मिक स्थलमा बालाचतुर्दशी मेला लागेको छ । बालाचतुर्दशीको दिन सोमबार हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित प्रसिद्ध त्रिधार्मिक तपोभूमि हलेसीलगायत अन्य चार धार्मिक स्थलमा पनि मेला लागेको छ ।
हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा
भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो ।
अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी
विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाको मृत्यु भएको घोषणा नगरिएको दाबी अस्पतालले गरेको छ । बरु उपचार नगर्ने भनी बिरामीको परिवारबाट कागजातमा सही गरेर लगेको पनि अस्पतालले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते
पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनु भएको छ ।
शिक्षकलाई अनिवार्य प्रविधि कक्षा
इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकका लागि प्रविधि कक्षा लिन अनिवार्य गरेको छ । प्रविधिको सिकाइ नहुँदा विद्यार्थीले पनि प्रविधि सिक्न नपाएको भन्दै गाउँपालिकाले पहिला शिक्षकलाई प्रविधिमा दक्ष बनाउन पहल थालेको हो ।
अपर अरुणको पहुँचमार्गका लागि दुई हजार रुख काटिने
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ ।
प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित
कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
मुन्दुम पदमार्गमा पुगे एक लाख पर्यटक
नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
ताजपुरिया संस्कृति जोगाउन आग्रह
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि सरकारसँग आग्रह गरेका छन् । संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै उहाँहरूले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
'मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य'
झापाका ग्रामीण क्षेत्रमा बिना हेल्मेट मोटरसाइकल चलाउँदा हुने जोखिम सम्बन्धी सचेतना सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज र ट्राफिक प्रहरी पोष्ट गौरीगन्जले संयुक्त रूपमा हेल्मेटको प्रयोगको विषयमा सचेतना सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।
नेपाली युवामाथि गोली प्रहार घटनाको छानबिन गरिने
भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरी समक्ष समन्वय अगाडि बढाएको छ ।
जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
‘प्रतिबद्धता अनुसार काम गर्दै छु’
सुनसरीका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिकामा कुल १० वटा वडा छन् । विसं २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली